सिड्नी । हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले आफ्नो स्थापनाको २५ औँ जन्मोत्सव अर्थात रजत जयन्ती भव्य रुपमा मनाएको छ । नेपालको दुर्गम क्षेत्रका असहाय, विपन्न र स्वास्थ्य क्षेत्रमा परोपकारी कर्म गर्ने उद्धेश्यले स्थापित संस्थाले क्यानबेराको ब्रिस्टल क्लव हाउसमा एक कार्यक्रम गरी रजत जयन्ती मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि अष्ट्रेलियन क्यापिटल टेरिटोरी मन्त्री सुज्यान ओर र विशेष अतिथि अष्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत कुलबहादुर मगरले सामुहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा अष्ट्रेलियाली संसदका हाउस अफ रिप्रजेन्टेटिभ्सका गोभरमेन्ट ह्विप सांसद डेभिड स्मिथले नेपाली र नेपालको समुदायले अस्ट्रेलियाको समुदाय, यहाँको विकास र समग्र पक्षमा उल्लेख्य योगदान पुर्याएको बताए । कार्यक्रममा हेल्प नेपाल नेटवर्ककी राष्ट्रिय संयोजक सन्तोषी गौतमले संस्थाको उद्धेश्य, हालसम्म गरेका कार्य र भावी योजनाका विषयमा प्रष्टाएकी थिईन् । भने अर्का संयोजक अरुण सिंह बस्नेतले नेपालमा सञ्चालित परियोजनाहरूको चुनौती अवसर र हालको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि सहित नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क, गैर आवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल , कुलबहादुर मगर लगायतले मन्तव्य व्यक्त गर्दै स्थापनाको २५ औँ वर्ष पार गरेको संस्थालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
रजत जयन्तकी अवसरमा विभिन्न क्षेत्रबाट संकलित रकमलाई नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्ने सो अवसरमा जानकारी गराईएको थियो भने कार्यक्रमका अतिथि, विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । हेल्प नेपाल नेटवर्क सन् १९९९ मा स्थापना भएको हो । विशेष गरी नेपाली समुदायका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको संस्थाले नेपालमा परोपकारी क्षेत्रमा काम गर्दै आईरहेको छ । कार्यक्रममा अस्ट्रेलियाली सरकारका सांसद, स्थानीय सरकारका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र स्थानीय सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव डिला खरेलले गरेका थिए ।