सिड्नी । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले सिडनीमा बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसले भर्खरै गठन गरेको नेपाली जनसम्पर्क समिति समन्वय बिभागमाको केन्द्रिय सदस्यमा ओशियाना एवं अष्ट्रेलियालाई प्रतिनिधित्व गर्दै मनोनित भएका निवर्तमान सभापति तथा महासमिति सदस्य कृष्ण गिरीलाई बधाई तथा शुभकामना व्यक्त गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सिडनीको टाउनहलमा आयोजना गरीएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य मञ्जु खाँडले निर्वाचित गिरीलाई बधाई ज्ञापन गर्दै जनसम्पर्कलाई संगठित गर्दै पार्टिले दिएको जिम्मेवारी निभाउन शुभकामना दिईन् । गिरीको योगदान नेपाली काँग्रेसको संगठन र समग्र समाज प्रति लामो समयदेखि रहेको भन्दै प्रशसां समेत गरिन् । उनले आफ्नो ज्ञान र विवेक प्रयोग गरी जनसम्पर्क समितिलाई अझै क्रियाशिल बनाएर प्रवासमा रहेका नेपालीहरुको हीतमा काम गर्न सुझाव समेत दिईन् । कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता, पूर्व पर्वत पार्टी सभापति एवं पूर्व नेबिसंघ उपसभापति नवराज गुरुङले संगठनात्मक सुदृढीकरण संगै सिंगो अस्ट्रेलियामा रहेको नेपाली समुदायले लाभ लिने गरी काम गर्न सुझाव दिँदै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाकालागि वाणिज्यदूत सञ्जिव शर्मा, एनआरएनए आईसीसी पूर्व उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष गणेश केसी, क्षेत्रिय संयोजक दिनेश पोखरेल लगायतले कृष्ण गिरीले विगत १५ बर्ष देखि अष्ट्रेलियाको बहु साँस्कृतिक समाज र नेपाली समुदायको लागि गरेको कार्यको चर्चा र प्रशंसा गर्दै बधाई ज्ञापन गरेका थिए । शुभकामना व्यक्त गर्दै ओएनएफका पूर्व अध्यक्ष बिनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्कका सल्लाहकार राजकुमार अधिकारी, पूर्व आईसीसी सदस्य पिआर अधिकारी, नेपाली समाजका अगुवा डा. राजु मानन्धर, एनआरएन एनएसडब्लु महिला संयोजक सबला बस्नेत, एनएडिएफ कोषाध्यक्ष बिकास झा, जनसम्पर्क समिति पूर्व कोषाध्यक्ष उद्धव भट्ट, नेबिसंघ पूर्व केन्द्रिय सदस्य अभिशेक हमाल, तराई एशोशिएशनका पूर्व अध्यक्ष शुभांस शाह, सरोज थापा लगायतले बधाई ज्ञापन गर्दै गिरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्काले गरेका थिए भने उनले जिसीको मनोनयनले नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा थप सम्मान र साथीहरुमा उर्जा मिलेको बताउदै पार्टी र बिभागलाई धन्यबाद दिएका थिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै कृष्ण गिरीले कार्यक्रम आयोजना गरी सम्मान गरेकोमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र कार्यसमितिलाई धन्यबाद ब्यक्त गरे । आफुलाई योग्य ठानी विभागमा जिम्मेवारी दिएकोमा पाटी सभापति शेरबहादुर देउवा र विभाग प्रमुख किरण पौडेललाई धन्यवाद दिए । बिभागको कार्य क्षेत्रमा रहेर पूणर्रुपले जिम्मेवारी निभाउने र पार्टी र जनसम्पर्क समितिहरुलाई जोडनेकार्यमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।






