सिड्नीमा मनाईयो बहुसांस्कृतिक महोत्सव

सिड्नी । विश्वभरको संस्कृति झल्काउने उद्धेश्य सहित अस्ट्रेलियामा नेप्लीज अस्ट्रेलियन बहुसांस्कृतिक एकता दिवस भव्य रुपमा मनाईएको छ ।

नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना,एनआरएन न्यू साउथ वेल्स राज्य समितीसगंको सहकार्य तथा अस्ट्रेलियन सरकारको सहयोगमा एक कार्यक्रमकाबीच दिवस मनाईएको हो ।

शनिवार जुन ११ मा सीडनीको म्यारिकभिल टाउन हलमा सम्पन्न कार्यक्रममा विश्वका १५ वटा नेपाली कला संस्कृति झल्काउने नृत्य तथा नाटक तथा संस्कृतिहरु प्रस्तुत गरिएको थियो । भने ७ वटा देशहरु सहभागी थिए ।

जापान, चिन, श्रीलंका र ब्राजिल लगायत विविध मुलुकका विविध सांस्कृतीक कार्यक्रम समेत समेटिएको थियो ।कार्यक्रममा नेपाली कला संस्कृती झल्काउने तमु, नेवारी, लाखे ,थकाली, किराँंत , मगर, लिम्बु लगायतको नेपाली पहिचान झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा लिबरलका नेता मार्क कुरी तथा लेबरका एनएसडब्लुका प्रतिपक्ष नेता क्रिस मिन्सले यस्ता बहुसांस्कृतिक कार्यक्रमले अष्ट्रेलियाको सही पहिचान बोक्ने बताए । त्यस्तै पारामाटा क्षेत्रका संघिय सांसद डा एन्ड्रयु चाल्र्टनले अस्ट्रेलियामा छाटो समयमा तिब्र बिस्तार भइरहेको नेपाली समुदायको उपस्थीती महत्वपूर्ण बन्दै गएको बताए ।

कार्यक्रममा अस्ट्रेलियाका लागि कार्यवाहक राजदुत कुल बहादुर मगरले नेपालीहरु भाषा कला र संस्कृतिमा निकै धनी छन् भन्ने कुरा प्रमाणित गरेको भन्दै यसले नेपाली संस्कृतिको प्रचारमा समेत महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले दुतावासबाट प्रदान हुने सेवा सुविधा सहज तुल्याउने कोशिसमा रहेको बताए ।

सोही अवसरमा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले बुहसांस्कृतीक मुलक अस्ट्रेलियामा रहेका नेपालीहरुले गर्ने यस्तो कार्यक्रमले अन्य देश र समुदायबीच एक आपसमा आफ्ना भावना मुल्य र मान्यतालाई सम्मान तथा साटासाट गर्न सहयोगी बन्ने बताए ।

कार्यक्रममा एनआरएन अध्यक्ष नन्द गुरुङले कला साहित्य प्रतिष्ठानले गरेको कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको भन्दै नेपाली नयाँ पुस्ता र पुराना पुस्तालाई जोड्ने काम गरेको बताए । उनले नेपाली कला संस्कृतीको पहिचान हुने गरी बहुसांस्कृतीक कार्यक्रम गरेर नेपाली संस्कृतिको गौरव बढाएको समेत बताए ।

त्यस्तै एनआरएनका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देब गुरुङले एनआरएन न्यू साउथ वेल्स राज्य परिषदले कला प्रतिष्ठानसगं मिलेर नेपालीहरुको कला संस्कृतिलाई झल्काउने र मौलिक संस्कृति संरक्षणका लागि बहुसांस्कृतिक कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । भविष्यमा अझै नयाँ कार्यक्रमहरु प्रतिष्ठानसगं सहकार्य गरेर गर्ने समेत बताए ।

आयोजक नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया अध्यक्ष सुजाता बस्नेतले नेपालीहरुको कला संस्कृतिको प्रवद्र्धन गर्दै विश्वभर पुर्याउन र विश्वभरका समुदायहरुलाई जानकारी गराउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए । त्यस्तै विदेशमा नेपाली कला संस्कृति झल्काउने र नयाँ पुस्तालाई कसरी नेपाली संस्कृतिप्रति आकर्षित गर्ने भनेर कार्यक्रम गरिएको उनले बताईन् ।

कार्यक्रम आयोजनाको लागि नेपाली कला,संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियालाइ मल्टीकल्चर एनएसडब्लुको तर्फवाट दश हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग समेत रहेको कार्यक्रम संयोजक तथा प्रतिवेदन लेखक सिमा रोशी (भगवती आचार्य ) ले जानकारी दिइन । कार्यक्रम राम्रो भएको देखेर सरकारले निकै नै सहयोग गरिरहेको भन्दै उनले सहर केन्द्रीत मात्रै नभएर विभिन्न ग्रामीण क्षेत्रमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने आफुहरुको उद्धेश्य रहेको बताईन् । कार्यक्रममा कार्यक्रम संयोजक रोसीलाई संस्थाकोतर्फवाट सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपाली भाषा तथा कला संस्कृतीको जर्गेना गर्न महत्वपुण योगदान गरेवापत नेपाली संचारकर्मीहरु राजु मानन्धर, सुजित सिंग्देल, कृष्ण तिवारी, ऋषी आचार्य, सुनिता पोखरेल, श्रेया राईलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद समिति उपसयोंजक सुकृति भट्ट, लगायत अन्य पदाधिकारीहरु दिपा जोसि,बिनोद कुँवर, सनिता लामा,विकास झा,सविना श्रेष्ठ,राकेस जोशी, नेपाली पाठशाला अध्यक्ष बिष्णु घिमिरे , न्यू साउथ वेल्स नारीनिकुन्ज सन्योजक समिता गुरुङ , साथै नेपाली समुदायका सामाजिक अगुवाहरु इन्द्रा वन,डा.नारायण प्रधान ,रमेश पाण्डे,विनोद हमाल,जोग लिम्बु, फेन्का महासचिव डा. मधु पडासैनी ,साउथ वेष्ट नेप्लीज स्पोर्टस क्लबका अध्यक्ष तथा मल्टी डाइनमिक रियल इस्टेट संस्थापक मेघरज पौडेल लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले पछिल्लो समय अस्ट्रेलियामा नेपालीहरुको बसाई बढिरहेको प्रति खुसी व्यक्त गरे । उनीहरुले मौलिक संस्कृति नयाँ पुस्तालाई सिकाउने प्रमुख चुनौती बनिरहेका बेला आयोजना हुने यस्ता कार्यक्रम निकै नै फलदायी र अर्थमूलक हुने समेत बताएका थिए । साथै सोही अवसरमा भानु जयन्त्री समेत मनाईएको थियो । जयन्तीका अवसरमा आकृति घिमिरे र महेश्वर शर्मालाई पुरस्कृत गरिएको थियो ।

२००८ सालमा स्थापना भएको संस्थाले अस्ट्रेलियामा नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै आईरहेको छ । विदेशमा रहेर पनि नेपालका हिमाल,पहाड,तराई सबैतिरको सांस्कृतिक विविधता झल्काउने गरी बहुसांस्कृतिक कार्यक्रम आयोजना गरेको संस्थाले यसअगाडी भानु जयन्ती, तिज गीत कार्यक्रम लगायत अन्य विभिन्न चाडपर्वहरुमा मौलिक संस्कृतिको उजागर गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।