नारी निकुञ्ज अष्ट्रेलियाले गर्यो भुकम्प प्रभावितहरुलाई सहयोग

 सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गत महिला विभाग नारी निकुञ्ज अस्ट्रेलियाले जाजरकोटका भुकम्प प्रभावितहरुलाई सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी प्रभावितहरुको पुर्नःउत्थानका लागि निकुञ्जले  निकुञ्जले आफ्नो कोषबाट ३ हजार  आर्थिक सहायता प्रदान गरेको अध्यक्ष सगिंता चापागाईँले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिईन् ।
त्यस्तै नारी निकुञ्जले सिड्नीमा एनआरएनए युथसंग मिलेर दिपावलीको अवसरभा भैलो खेलि संकलन गरेको रकम समेत गरी  पनि भुकम्प प्रभावितहरुलाई एनआरएनए अष्ट्रेलिया मार्फत सहयोग गरेको छ । भैलो खेलेर संकलन भएको रकम र निकुञ्जले आफ्नो कोषबाट गरी भुकम्प प्रभावितहरुलाई थप ३ हजार ६ सय ६२ डलर आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष चापागाईँले बताईन् । त्यस्तै संस्थाले बालबालिका र महिलाहरुको सहयोगार्थ ओसियानाका लागि १ हजार डलर पनि सोही अवसरमा प्रदान गरेको उनको भनाई छ । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको थियो । भने भूकम्पका कारण ३७५ भन्दा धेरै घाईते भएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.४ म्याग्निच्यूडको भुकम्प गएको हो ।