तक्दीर अधिकारी
सिड्नी । प्रवासी नेपाली विद्यार्थी संगठन अस्ट्रेलिया गठन भएको छ । विमल अधिकारीको विशेषत अतिथिमा संगठन गरिएको थियो । उक्त संस्था न्यू साउथ वेल्स फेयर ट्रेडिङमा गत साता दर्ता गरिएको थियो । २७ जनवरीका दिन प्रवासी नेपाली विद्यार्थी संगठन अस्ट्रेलियाको औपचारिक घोषणा भएको हो । जसमा ३८ जना विद्यार्थीको सहभागिता थियो ।
प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष रमेश पाण्डेको अथित्यमा सम्पन्न भेलामा अतिथिहरु गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय संयोजक होम पाण्डेय, नेपाली जनसम्पर्क समितिका महामन्त्री सुदीप मुडभरी, एनआरएन एनएसडब्लुका सचिव दिपक पहारी, सहसंयोजक चुनाव क्षेत्री, ओली एसोसिएटका संस्थापक भवानीप्रसाद ओली र सम्राट ओलीको संयोजक रहेका छन् । संस्थाको सक्रिय सदस्यहरुमा सम्राट ओली, प्रतिभा घर्तीमगर, विवेक महरा, निरन्जन बोहोरा तथा उमेश गिरी रहेका छन् ।

नेपाली विद्यार्थीलाई एउटै छातामुनि राख्न, नयाँ आएका र आउने नेपाली विद्यार्थीलाई सहयोग, सल्लाह, सुझाव दिने संस्था गठन भएको संयोजक सम्राट ओलीले जानकारी दिए । अस्ट्रेलियामा आएपछि जान्नुपर्ने आधरभूत नियमका बारेमा जानकारी दिने, एक आपसमा अनुभव, ज्ञान र क्षमता आदानप्रदान गर्ने संस्थाको उद्देश्य रहेको छ । बेलाबेलामा दक्ष्य व्यक्तिहरु लिएर सेमिनार गर्ने जसले नेपाली विद्यार्थीलाई फाइदा पुगोस्, विद्यार्थीका लागि काम खोजिदिने र अन्य सहयोग गर्ने संस्थाको उद्देश्य रहेको संयोजक ओलीले जानकारी दिए ।






