गल्कोट समाज यूकेको दसौं वार्षिकोत्सव भब्य रुपले मनाउदै

लन्डन । गल्कोट समाज यूकेले आफ्नो स्थापना भएको १० वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

गत साता लन्डनमा प्रत्यक्ष रूपमा सम्पन्न बैठक तथा आज बिहान भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले आगामी जुलाई २० तारिख सोमबारका दिन बर्मिंघममा आफ्नो स्वामित्वमा रहेको भवनको अवलोकनसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रमको उद्घाटनका लागि गल्कोट नगरपालिकाबाट विशेष अतिथिहरूलाई निमन्त्रण गर्ने तयारी भइरहेको छ । साथै, गलकोटमै जन्मिएका कलाकारहरूलाई विशेष अतिथिका रूपमा सहभागी गराउने र गल्कोट क्षेत्रको मौलिक संस्कृति झल्कउने विशेष योजना रहेको छ।

सन् २०१६ मा स्थापना भएको गल्कोट समाज यूकेले स्थापनाकालदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। समाजले यूकेमा बसोबास गर्ने गलकोटवासीहरूलाई एकताबद्ध गर्दै नेपालसँगको सम्बन्धलाई जीवित राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष विष्णु चालिसेले लण्डन नेपाल न्यूजलाइ बताए।

समाजको दसौं वर्ष विशेष कार्यक्रममा संस्थापक अध्यक्ष रेशम बुढाथोकी,पूर्व अध्यक्षहरु राजु कँडेल,भोजराज कँडेल, चन्द्र साहनी लगायत समाजका वर्तमान तथा पूर्व पदाधिकारी र सदस्यहरूको सक्रिय उपस्थिति रहनेछ ।

सामाजिक अभियन्ता एवं समाजका अध्यक्ष विष्णु चालिसेले कार्यक्रमलाई सफल बनाउन  लन्डन, मिडल्यान्ड र स्कटल्याण्ड लगायत सबै नेपाली संघ – संस्थालाई निमन्त्रणा गरिएको र बिशेष गरी गल्कोटेहरु सम्पूर्णलाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गरेका छन् ।