अन्नपूर्णको सेयरमा ज्ञानेन्द्रको बिचल्ली

काठमाडौं,२२ माघ । राजा वीरेन्द्रको वंशनाशपछि नेपाल ट्रस्टमा जानुपर्ने होटल डेला अन्नपूणको सेयर नेपालका अन्तिम राजा ज्ञानेन्द्रले लुकाएर एउटा बेसाहारा पाल्तु व्यक्तिको नाममा राख्न खोज्दा उसैले चप्काइदिएको खुलासा हुँदै गएको छ ।

gyanendra_nepal_20070430

स्थापना हुँदा होटल अन्नपूर्णको सेयर तत्कालीन श्री ५ मुमा बडामहारानी कान्ति राज्यलक्ष्मी ईश्वरी राज्यलक्ष्मी देवी शाह र श्री ५ कान्छा अधिकारजकुमारी हेलेन शाहको नाममा थियो । २०२७ साल फागुन २८ गते उद्योग विभागमा दर्ता भएको उक्त होटलको अहिले अध्यक्ष कपिल राणा रहेका छन् भने त्यसको कार्यकारी प्रमुख उनकै श्रीमती सृजना राणा रहेकी छन् । संस्थापक सेयर धनीमध्येकी हेलेन शाहकी तीन छोरीमध्येकी माहिली छोरी केतकी शाह ,राणा हुँदै चेष्टर भएकी छन् । केतकीको पहिलो लोग्ने कुमुदशमशेर राणाका छोरा हुन् कपिल राणा । उनकी आमा बेलायती एऐलेन चेष्टरसँग पोइल गएपछि कपिललाई दरबारले १६ वर्षसम्म पालपोषण गर्ने,पढाउने ,लेखाउने तर त्यसपछि उसले अंशदाबी गर्न नपाउने कागज गराएर पालेको थियो । चेस्टरसँग पोइल गएकी केतकीले रोयभिन्सेन चेस्टर र छोरी सलिना चेस्टर जन्माएकी थिइन् । आमा हेलेन शाहबाट दाइजो पाएको होटल अन्नपूर्ण सेयर आफू पोइल जाँदा पुरानो लोग्ने र उसका छोरा कपिललाई दिएको कल्पना गर्न पनि सकिँदैन । तर अहिले त्यही देखिन्छ । नेपाल ट्रष्टको नाममा ७५ प्रतिशत सेयर हुनुपर्ने उक्त होटलको सबैभन्दा बढी सेयर दरबारले पालेको हुर्काएको बेसहारा कपिल राणाको नाममा छ र सेयर धेरै हुने दोस्रो व्यक्ति उनकै श्रीमती सिर्जना राणा हुन् । नेपाल ट्रष्टको नाममा पाँच प्रतिशत मात्र छ । सन् १९६८ मा कमलपोखरीमा जन्मिएकी सिर्जना मल्लले दुई वर्षको मात्रै हुँदा पिता पिता किरणचन्द्र मल्लको निधन व्यहोर्नुपरेको थियो । त्यसपछि उनकी आमा केन्द्र राज्यलक्ष्मी मल्लले राज साहुका छोरा विनोदकृष्ण श्रेष्ठको सरसहयोग र संरक्षणमा हुर्काउको थिइन् । २१ वर्षको कलिलो उमेरमा नै विधवा भएकी आमाले अत्यन्त दुःख कष्टका साथ हुर्काएकी सृजनाले बिहान–बेलुकाको ताउलो तनाउने जोहोमेसो गर्न प्रदिप शमशेर राणाले खोलेको होटल काठमाण्डुमा फ्रण्टेक्स अफिसर पदमा जागिर खाएकी थिइन् ।