लण्डन । बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमको एक नयां म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक हिमाल सागरले गायिका अन्जु पन्तलाई आफ्नो “जिन्दगीको प्राप्ती” मानेका छन भने अन्जुले पनि हिमालसंग आफ्नो जिन्दगी सफल हुने घोषणा गरेकी छ्न। नयाँ बर्ष २०७३ लाई स्वागत गर्दै उनीहरुले सार्वजनिक गरेको गीतको भाव यस्तै छ।
गीतकार नृपेश उप्रेतीको आहान अर्को खुशी एल्बमको प्रेमिल भावको यो गीतमा संगीतकार अर्जुन पोखरेलले प्रेमका सम्पुर्ण सांगीतिक रसहरु घोलेर कर्णप्रिय बनाएका छन। अनि गीतले व्यक्त गरेको प्रेमिल भावलाई पर्दामा उतारेका छन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक दिपेन्द्र केशीले।
जिन्दगीको प्राप्ती तिमी बोलको यो गीतको भिडियोमा अहिलेका चर्चित नायक अनुप बिक्रम शाही शरला थापासंग रोमान्समा लिप्त भेटिन्छन्। यो म्युजिक भिडियोमा प्रस्तुति र लोकेशलाई विशेष ध्यान दिइएको निर्देशक केशि बताउछन।
पहिलो पट्क हिम अन्जु पन्तसंग युगल गीत गाएका हिमाल भन्छन गीत निकै राम्रो बनेको बताउँछन्। त्यसैगरि अन्जु पनि २०७३को लागि आफुले आशा गरेको गीत भएर श्रोताहरुले मनपराउनेमा बिस्वस्त रहेको बताउँछिन।
भिडियो हेर्नुहोस्ः







