क्याप्टेन भण्डारी कुइन्स गोर्खा इञ्जिनियरको मेजरमा छनोट

13020551_10206170096720237_1228703900_n[1]लन्डन– बेलायती सेनामा कार्यरत क्याप्टेन बुद्धिबहादुर भण्डारी कुइन्स गोर्खा इञ्जिनियरको मेजरमा छनोट भएका छन् ।

हाल बेलायती दरबारमा the Queen’s Gurkha Orderly Officer मा कार्यरत भण्डारी बढुवा हुँदै गोर्खा इञ्जिनियरको क्याप्टेन बाट गोर्खा मेजरमा छनोट भएका हुन् ।

सन् १९९० मे २२ देखि ब्रिटिस आर्मीमा भर्ना भएका क्याप्टेन भण्डारीको जन्म गुल्मी जिल्लामा भएको हो । भारतीय सेनामा कार्यरत हजुरबुवा सुवेदार दशरथ भण्डारीको प्रेरणाबाट ब्रिटिस आर्मीमा भर्ना भएका क्याप्टेन भण्डारीले सन् २००६ मा अधिकृत भएसँगै साइप्रस, हङकङ, ब्रुनाई, क्यानडा, कोसोभो, अफगानिस्थान लगायतका देशमा काम गरिसकेका छन् ।

गुल्मीको तम्घास स्थित महेन्द्र माबि हुदै भैरहवा पोखरा र गोरखपुर युनिभरसीटी बाट अध्ययन गरेका क्याप्टेन भण्डारीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
गुल्मीको भाडगाउँमा जन्मिएका भण्डारीका बुवा क्या केशबहादुर भण्डारी पनि सैनिक जीवनमै रहेका थिए।क्याप्टेन भण्डारीकी श्रीमती नर्वदासहित एक छोरा र एक छोरी छन् ।1393553_480300292067239_495351672_n[2]
साथै क्याप्टेन भण्डारी ब्रिगेड अफ गोर्खाज मा खेलिने फूटबल नेपाल कपमा गोर्खा इन्जिनियर को टिम मा उतक्रिस्ट खेलाडी समेत रहेर विभिन्न पदक समेत प्राप्त गर्नु भएको थियो।
यसैबीच गुल्मी जिल्ला समाज यूकेले क्याप्टेन भण्डारी गोर्खा इञ्जिनियरको गोर्खा मेजरमा छनोट भएकोमा बधाई दिएको छ । समाजका आजीवन सदस्यसमेत रहेका क्याप्टेन भण्डारीको सफलताप्रति गौरवान्वित छौ, समाज का महासचिब राम गलामी ले बताउनु भयो । साथै आगामी दिनमा थप उचाई प्राप्त हुने विश्वास लिएको समाजका अध्यक्ष अर्जुन गौतम ले लन्डन नेपाल न्यूज डट कमका सम्पादक शिब भण्डारी सँगको टेलिफोन कुराकानीमा बताउनु भयो   ।12189150_10153397862917655_6950415966822675106_n[1]