बेलायत कांग्रेसीहरुको एकता अधिवेशन २२ जुलाइमा हुन सकेन

19895000_1870734126580632_7224530848573108475_n

लन्डन । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन तोकिएको समयमा फेरि नहुने भएको छ । यसअघि जुलाई २२ मा हुने तय भएको एकता अधिवेशन १७ सेप्टेम्बर आइतबारका दिन गर्ने निर्णय भएको छ ।
डा. मिन रानाभाटका अनुसार, आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा सम्पन्न बैठकले नेपाली कांग्रेस केन्द्रसंग परामर्श गरि १७ सेप्टेम्बर आइतबारका दिन अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन स्थान भने तोकिएको छैन् ।
अधिवेशन तयारी समितिका पदाधिकारीहरु लोक गुरुङ्ग, विज्ञान प्रसाईं र विनोद मोक्तान, निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द ढुंगाना, योगेन क्षेत्री, शेर सुनार तथा विधान समितिका संयोजक शिवजी श्रेष्ठ लगायत सदस्यहरु सहभागी बैठकले उक्त निर्णय गरेको हो ।19732376_1870734069913971_1503217473040582165_n

उक्त बैठकमा निर्वाचन समिति, विधान समिति तथा अधिवेशन तयारी समितिले गरेका कार्यप्रगति र भावी योजनाबारे उपस्थित जनसम्पर्क समितिका पदाधिकारीहरु  युवराज गुरुङ्ग र  राजकुमार त्रिपाठी,  तर्कजंग गुरुङ्ग, डा. मिन रानाभाट,  सूर्य नेम्वांग, हितकाजी गुरुङ्ग,  तस्विर लामा, महेश दाहाल, कुश बस्नेत, नरकुमारी लिम्बु, विनय अधिकारी, रोमियन लिम्बु, रितेश पाण्डे, तेज राई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
सो मितिमा अधिवेशन गर्न नसके नेपाली जनसम्पर्क समिति, बेलायतको सम्पूर्ण समितिहरु स्वत भंग हुने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन तयारी समितिले विगतमा गरेको निर्णय बमोजिम हाल कायम क्रियाशिल सदस्यहरुले मतदान गर्न पाउनेछन् । विधान बमोजिम योग्यता पुगेका साधारण सदस्यहरुले समेत मतदानमा भाग लिन पाउने बताइएको छ । मतदानमा भाग लिन योग्य साधारण सदस्यहरुले समितिले तोकेको शुल्क तिर्र्न मन्जुर भइ शुल्क बुझाएमा साधारण सदस्यहरु पनि क्रियाशिल सदस्यता प्राप्त गर्न योग्य हुनेछन् ।congress
साधारण सदस्यता शुल्क ५ पाउण्ड तोेकेको छ । साधारण सदस्यता वितरण हाल कायम रहेको क्षेत्रीय सभापतिले जिम्मा लिनेछ । साथै तयारी समितिमा संयोजक एवं सदस्यहरुले समेत सदस्यता वितरणको जिम्मेवारी लिनेछ । समितिको अधिवेशन आतिथ्य तथा व्यवस्थापन समिति चिरन्जिवी ढकालको संयोजकत्वमा नरकुमारी लिम्बु, राजेन्द्र सुवेदी, शान्तविनोद लामिछाने, प्रवेश केसी, तस्विर लामा, विश्व घिमिरे, रितेश पाण्डे, कुश बस्नेत, शिव तिमिल्सिना, बेद पराजुली, रोमियन लिम्बु, सुनिल गुरुङ्ग, तेजबहादुर राई, विनय अधिकारी, वेद लावतीसहितको उप समिति बनाउने निर्णय बैठकले गरेको छ ।

नेपाली जनसम्पर्क समितिको सभापतिमा लोक गुरुङ्ग सन् २००९ मा निर्वाचित भएका थिए । त्यसयता उनले सभापति पद त्याग्न आलटाल गरिरहेका कारण पनि समितिमा विवाद बढेर गएको छ । अहिले तोकिएको मितिमा पनि अधिवेशन हुने नहुने शंकाकै घेरामा छ ।
आसन्न अधिवेशनपछि प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने युवराज गुरुङ्गले नेतृत्व लिने प्रवल सम्भावना छ ।