अस्ट्रेलियामा मनाईयो तमु ल्होछार

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली  समुदायहरुले तमु ल्होछार भव्य रुपमा मनाएका छन् । तमु समाज सिड्नीको आयोजनामा सांस्कृतिक पर्व तमु ल्होछारको अवसरमा जनवरी ६ तारिख माराना अडोटेरियममा भव्य रुपमा मनाइएको हो ।६ जनवरी शनिबार बेलुकी ५ बजे देखि सुरु भएको कार्यक्रममा धर्म गुरु नागावाङ ग्याक्सोबाट मन्त्रोच्चारण तथा खेम्पु भगिन्द्र शिलाबाट आशिर्वाद थाप्ने काम सहित सुरु गरिएको थियो ।प्रवचन सहित ५ः३० बजेसम्म चलेको उक्त कार्यक्रम पश्चात औपचारिक कार्यक्रम सुरुवात भएको थियो ।

औपचारिक कार्यक्रमको अध्यक्षता गरेका तमु समाज सिड्नीका कार्यवाहक अध्यक्ष हिउपती गुरुङले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने  समाजका  महासचिव अर्जुन गुरुङले कार्यक्रम सन्चालन गरेका थिए।    कार्यक्रममा पार्लामेन्ट सेक्रेटरी फर मल्टिकल्चरिजम होन. मार्क बुट्टीगिगको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिको रुपमा क्यानबेरा दूताबासका प्रथम  सचिव भोगन्द्र लिंगदेन रहेका थिए ।

कार्यक्रममा तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा स्योकै (रात्री भोज), शुभकामना आदानप्रदान कौडा किङ गणेश गुरुङको विशेष प्रस्तुती तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित अन्य विभिन्न रमाईलो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा परम्परागत पुजा, तमु भेष भुषा सहित विविध साँस्कृतिक कार्यक्रम, विविध मनोरन्जनात्मक कोशेलीहरु, तमु परिवारबाट बनेका खानाका विभिन्न परिकार समेत रहेका थिए ।

कार्यक्रममा निन्फाका अध्यक्ष सुदर्शन थापा, एनआरएनए अस्ट्रेलियाका अनिल  पोखरेल, मन्त्री लिन्डा बर्नीको प्रतिनिधि लियोन पुन, संसद सोफि कोटिस को अरुणा चन्द्रला  क्याम्पेल्टाउनका डेप्यूटी मेयर मसुद खलिल, गोर्खा नेपाली कम्युनिटीका राजिव प्रधान, नेपलिज अस्ट्रेलियन एशोशियसनका ऋषि आचार्य, थकाली सेवा समितिका अध्यक्ष दुर्गा गौचन, तामाङ सोसाईटी एनएसडब्ल्यूका अध्यक्ष बिसाल तामाङ, शेर्पा एशोसियसन एनएसडब्ल्यूका अध्यक्ष आङकाजी शेर्पा, किरात खुम्बु राई सोसाईटी एनएसडब्ल्यूका अध्यक्ष योगेन्द्र राइ, मगर समाज सिड्नीका अध्यक्ष लुकेश राम्जाली, किरात याक्तुङ चुम्लुङ अस्ट्रेलियाका अध्यक्ष ससी सुब्बा, थारु समाज सिड्नीका अध्यक्ष दिप नारायण चौधरी, एशोसियसन अफ नेपाल तराई ईन अस्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, पोखरा समाज अस्ट्रेलियाका अध्यक्ष तारा गुरुाङ, एनकेएसएसपीका अध्यक्ष सुजाता केसी, सामाजिक अगुवा डा. नारायण प्रधान, पेन्सर्ट नेपाली सोसाईटीका लक्ष्मण श्रेष्ठ लगायत  उपस्थिति रहेको थियो ।