निन्फाको अध्यक्षमा अरुण तामाङ तेस्रो पटक सर्वसम्मत

सिड्नी । नेपाली आदिवासी जनजाति मञ्च (निन्फा) को सातौं अधिवेशनले अरुण तामाङलाई तेस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । गत अप्रिल २५ मा सम्पन्न अधिवेशन चयन गरेको अन्य पदाधिकारीहरुमा पेम्बा (लक्षमान) गुरुङ र राम सिप्तुङ्खा राई उपाध्यक्षमा चुनिएका छन् ।

महासचिवमा सुदर्शन थापा मगर र अस्ट्रेलियाको विभिन्न राज्य संयोजकमा चित्रबहादुर तुम्बाहाम्फे रहेका छन् । सस्थाको प्रावधान अनुसार अन्य आबद्ध सामुदायिक सस्थाको अध्यक्षहरु स्वतः उपाध्यक्ष हुने नियमवालीअनुसार दिपनारायाण चधौरी, योगेन्द्र राई, शशी सुब्बा र सुन्दोर्जे तामाङ उपाध्यक्षमा समाबेश गरिएको छ।

यसैगरी सचिवमा मोनिका श्रेष्ठ, कोषाध्यक्षमा दिनेश लामा, सह कोषाध्यक्षमा छलबहादुर मगर, पप्लिक अफिसरमा लील गुरुङ, सहपप्लिक अफिसरमा संजय राई, सास्कृतिक सचिवमा रघु जुग्जाली, सहसास्कृतिक सचिवमा भीमसम्शेर गुरुङ, खेलकुद बिभागमा सचिन ब्यान्जन्कार, प्राबिधिक सचिवमा आशिष लोहोरुंग छन् ।

कार्यकारी सदस्यहरुमा उपेन्द्र श्रेठ, घनेन्द्र फियाक, चिराग प्रधान, आशिष शेर्पा, निश्चल राई, मिलन मगर, कमल छन्त्याल, सुरेश शेरचन, समिर बान्तावा रहेका छन। त्यसैगरी सल्लाहाकारहरुमा गणेश तामाङ र छिरिङ्ग तेन्जी लामा रहेका छन । संरक्षकहरुमा महेन्द्र श्रेष्ठ, राजेन्द्र थापा मगर, सन्तोष थुलुङ्ग राई र नारायण भट्टचन रहेका छन्।

सन् २००६ मा स्थापना भएको निन्फाले आफ्नो भाषा, सास्कृतिक, भेषभूसा, रहनसहनको निरन्तरता दिदै भइपरी आएको अवस्थामा आफ्ना अधिकारका बारेमा कडा प्रतिबाद गर्दै आएको संस्थापक अध्यक्ष गणेश तामाङले बताए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अरुण तामाङले संस्थाले बिगत दुइ दसक बढीदेखि संचालनमा ल्याएको विभिन्न कार्यविधिलाई परिमार्जनसहित अझ प्रभावकारी रुपमा अघि बढाइने बताए । उनले रचनात्मक भूमिकामा पनि जोड दिने बताए ।

मञ्चको सातौ अधिबेशन कोभिडका कारण निर्धारित समयमा हुन सकेको थिएन । निर्धारित समयभन्दा केही समयपछि अधिबेशन गर्नुपरेको अध्यक्ष तामाङले बताए ।

कोभिडले गर्दा संस्थाले अघि सारेका कार्यक्रम पूरा गराउन पनि अरुणलाई नै नेतृत्व सुम्पनु परेको संस्थापक अध्यक्ष गणेश तामाङले बताए । अनुभव पनि छ, नयाँ नेतृत्व आयो भने अलमल हुने भएकाले अरुणलाई नै अध्यक्षमा सर्वसम्मत गरेको तामाङले बताए ।