नेपाली सोसाइटी अफ तास्मानिया साधारणसभा सम्पन्न, सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

सिड्नी । नेपाली सोसाइटी अफ तास्मानियाको साधारणसभा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष अभिनव आचार्यको अध्यक्षतामा होबार्टमा सम्पन्न भएको साधारणसभाले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

खगेन्द्र सत्याल र अरुणा पौडेलको उम्मेद्वारी परेकोमा सत्यालले चुनाव जितेका हुन् । उक्त निर्वाचन सम्पन्न गर्नको निम्ती अर्जुन प्रसाईँको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

जसअनुसार उपाध्यक्षमा मेघना राउत, सचिबमा बसन्त घिमिरे, कोषाध्यक्षमा डोल्मा शर्मा, सदस्यहरुमा गायत्री पाण्डे, अनिल दंगाल, अनुज अधिकारी, विष्णु सापकोटा, पूर्णिमा श्रेष्ठ चयन भएका छन् ।

२०१२ मा स्थापना भएको उक्त संस्थाले हरेक बर्ष साधारणसभा गर्दै नयाँ नेतृत्व चयन गर्दै आएको छ ।

२०२१–२२ को लागि सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । अबको एक बर्षको अवधिमा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गर्ने, होबार्टमा सञ्चालित पाठशालाको आफ्नै पाठ्यक्रमविकास गरी स्तरीय बनाउने, नेपाली भाषा, कला र संस्कृति प्रवद्र्धन गर्न स्थानीय सरकारसँग आर्थिक सहयोगको निम्ती पहल गर्ने, नेपाली समुदायका विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी सामाजिक सेवा राख्ने उद्धेश्य राखेको अध्यक्ष सत्यालले बताए ।

पाठशाला र संगीत संबाद कार्यक्रम आइतवार रेडियो मार्फत सञ्चालन गर्दै आइएको छ । उक्त संस्थाले दशैँ तिहार, नयाँ बर्षहरुमा विभिन्न कार्यक्रम गर्ने, धर्म संस्कृति जगेर्ना गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

राजनीतिबाट विशुद्ध टाढा रही समाजसेवा गर्ने उद्धेश्यसहित संस्था स्थापना भएको अध्यक्ष सत्यालले बताए ।