तक्दीर अधिकारी
सिड्नी । सिड्नीमा सम्पन्न भएको दोस्रो वरिवर तेक्वान्दो च्याम्पियनसिपमा समाजसेवी तथा युवा उत्प्रेरक विनोद पौडेललाई मानार्थ ब्लाकबेल्ट सहित सम्मान गरिएको छ । आइतवार वरिवर तेक्वान्दो र युनाइटेड तेक्वान्दो फेड्रेसन (युटीएफ) द्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा पौडेललाई मानार्थ ब्ल्याक बेल्ट सहित सम्मान गरिएको हो । पौडेललाई वरिवर तेक्वान्दो बोर्ड सदस्य विलाल इलमोई, तथा प्रशिक्षक प्रकाश क्षेत्रीले प्रमाणपत्र तथा तेक्वान्दो युनिफर्म सहित ब्ल्याक बेल्ट पहिराईदिएर सम्मान गरेका थिए ।
तेक्वान्दो खेल सँग बाल्यकालदेखी देखिनै पुरानो सम्बन्ध बोकेका युवा पौडेलको अष्ट्रेलियामा नेपालीहरुको खेलकुद विकासमा योगदानलाई सम्मान गर्दे उक्त उपाधि प्रदान गरिएको हो । पौडेल लामो समयदेखी अष्ट्रेलियाको समाजसेवाको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । पौडेलले कोरोनाभाइरस माहामारीकाबीच सकारात्मक उर्जा प्रदान गर्नेगरी “ द विनोद पौडेल सो ” पनि शुरु गरेका थिए । उक्त कार्यक्रम पनि निकै नै प्रभावकारी रहेको यहाँस्थित नेपाली समुदायले बताउँछन् ।
उक्त प्रतियोगितामा ७० जना सहभागि मध्ये ४० जनालाई कम्युनिटी अवार्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कोभिड १९ को नियन्त्रण गर्न सरकारले तोकेका पर्याप्त सुरक्षा मापदण्ड प्रयोग गरी पेन्चसको वल्ड्स पार्कमा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो । यस कार्यक्रम हरेक बर्ष आयोजना गरिदै आएको छ ।







