एन्फाद्वारा जनही रु पाँच लाख दिने घोषणा

anfaकाठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बङ्गबन्धु कप विजेता खेलाडी तथा प्रशिक्षकलाई जनही रु पाँच-पाँच लाख दिने घोषणा गरेको छ ।

एन्फाका प्रमखु कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले २३ खेलाडी, दुई प्रशिक्षक र एक चिकित्सक गरी २६ जनालाई जनही रु पाँच÷पाँच लाख दिने निर्णय भएको भएको छ ।

शनिबार दिउँसो विमानस्थल उत्रिएलगत्तै एन्फाले टोलीलाई नगर परिक्रमा गराई दशरथ रङ्गशाला पुर्‍याएर स्वागत गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बङ्गलादेशमा आज साँझ सम्पन्न बङ्गबन्धु कप विजेता खेलाडीलाई जनही रु दुई लाख पुरस्कार उपलब्ध गराउन सरकारलाई परिषद्का तर्फबाट सिफारिस गरिने बताउनुभएको छ ।