सभापतिका दावेदार न्यौपानेले लिए उम्मेद्वारी फिर्ता, शेखरलाई समर्थन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज चौलागाइले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएर उनले सभापतिका अर्का उम्मेदवार शेखर कोइराला खेमालाई सर्मथन गर्ने भएका हुन् ।

उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील रहेको भन्दै उनलाई सघाउने पनि बताए । निर्वाचन कार्यालयमा गएर केहीबेरमै उम्मेदवारी फिर्ता लिएको सूचना दिने उनले बताए । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । केही बेरमा अन्तिम नामावली प्रकाशनको तयारी छ ।

सभापतिमा प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवा, पूर्व उपसभापति प्रकाशमान सिंह, केन्द्रीय सदस्य रहेका शेखर कोइराला , उपसभापति विमलेन्द्र निधी र कलयाण गुरुङले उम्मेद्वारी दिएका छन् ।