माधव रेग्मी,
स्कॉटलैंड
नया बर्षको आगमन सँगै चारैतिर नेपाली संघ संथाका गतिबिधिहरु बढ्न थालेका छन्। सक्नेले नेपालबाटै कलाकार मगायर र नभ्याउने र नसक्नेले आफ्नै स्थानीय कलाकारहरुको साथमा नयाँ बर्षको शुभकामना कार्यक्रम गर्न थालेका छन्। यही मेसोमा लंदन देखि करीब 600 माईल उत्तर स्कॉटलैंड को एबरडीन शहरमा बस्ने नेपालीहरुको सामाजिक संस्था नेपालीज हिमालयन एसोसिएशन स्कॉटलैंड ले पनि यही 10 अप्रैल शुक्रबारको साँझ नयाँ बर्ष 2072 को शुभकामना र रमाइलो साँझको कार्यक्रम राखेको छ।
कार्यक्रममा नेपालिहरुलाइ शुभकामना दिन स्कॉटलैंड र बेलायतको संसदमा प्रतिनिधित्व गर्ने लेबर र स्कॉटिश रास्ट्रीय पार्टीका स्थानीय सांसदहरु पनि अतिथिको रुपमा सहभागी हुँदै छन्। स्थानीय सिटी कॉउन्सिल एबरडीनका मेयर को समेत सहभागिता रहने उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण नेपाली युवा पत्रकार हरुवाट संचालित एफ एम रेडियो राइनो www.radiorhino.net/live ले बेलुकी ८:३० बजे देखि गर्दै छ। शरीर बिदेशमा भए पनि नेपालीहरुको रहन सहन संस्कार र परंपरा नेपाली नै छ। यद्यपि बिदेशमा जन्मिएका केटकेटिहरुलाइ पश्चिमा संस्कारले नसमायको भने हैन। तर पनि समय समयमा हुने नेपाली समुदायका यी र यस्ता कार्यक्रमहरुले आउने पुस्ताको लागि पक्कै पनि एउटा सांस्कृतिक मार्ग दर्शक भने बन्नेछ।
नेपाली जो जहाँ बसेको भए पनि आफ्नो रीती रिवाज र परम्परालाइ यस्ता सामजिक गैह्र सरकारी संघ संस्थाले बिदेशी भूमिमा बचाई राखेका भने पक्कै छन्। स्थानीयस्तरमा राम्रो प्रभाव राख्ने यस संस्थाले कार्यकारी पदधिकारिहरु तोया सापकोटा, टक थापा, दिलीप उप्रेती, राजेन्द्र रेग्मी, मीन भट्ट, बिजय सिग्देल लगायतलाई कार्यक्रम सफल बनाउन बिभिन्न जिम्मेवारी दिएको छ।







