काठमाडौं- अदालतको अवहेलना सम्बन्धि एक मुद्दामा सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।
सर्वोच्चकी कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले दाहाललाई उपस्थित हुन आदेश दिएको हो ।
अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।






