काठमाडौंमा हुन थाल्यो नक्कली डलरको कारोबार

alai1काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १९ लाख ८७ हजार वरावरको भारतीय जाली नोटसहित ७ जना र १९ हजार पाँच सय जाली अमेरिकी डलर सहित १ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त रानीपोखरीमा आज पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुलाई विभिन्न स्थानहरुवाट जाली नोट सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मीरा जिरेल, सुमन मल्ल, तारणी प्रसाद ठाकुर, वैजनाथ गुप्ता, विजयराज शर्मा, सनद प्रधान, अमृतमान श्रेष्ठ छन् ।

प्रहरीले मीरा जिरेल र तारनी प्रसाद गुप्तालाई धुम्वराहीबाट, सुमन मल्ललाई कपनबाट, वैजनाथ गुप्तालाई गोँगवुबाट, सरद प्रधानलाई महादेवटारबाट र अमृत श्रेष्ठलाई कालोपुलवाट पक्राउ गरेको हो ।