वीर गोर्खा सैनिकको सम्झनामा लन्डनमा फुटबल खेल आयोजना, पहिलोलाई २ हजार पाउण्ड

2015_12$largeimg28_Monday_2015_003118759[1]

लन्डन– अफगानिस्तान सहित विभिन्न देशमा युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको सम्झनामा लन्डनमा फुटबल खेल आयोजना भएको छ ।

गोर्खा वारिअर्स समूहको आयोजनामा आगामी जुलाई १६ मा फोल्कसटोन स्थित थ्री हिल्स स्पोर्टस् पार्कमा हुने प्रतियोगितामा विजेतालाई २ हजार पाउण्ड दिने आयोजक अल्बिन लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा द्वितिय हुनेलाई ६ सय पाउण्ड र मेडल तथा तेस्रोलाई २ सय ५० पाउण्ड दिइने आयोजकले ज नाएको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र बढी गोल गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

खेलबाट संकलित रकम नेपालको ज्यान गुमाएका वीर गोर्खाली सैनिकहरुप्रति समर्पित गर्दै कुनै एक सामाजिक संस्थालाई दिने बताइएको छ ।

खेलकुदका लागि फस्ट रोयल गोर्खा राइफल्स, सेकेण्ड रोयल गोर्खा राइफल्स, नेपालिज यूथ अर्गनाइजेसन यूके, इन्टेक ०८१ आरजीआर ब्रुनाई, इन्टेक ०८२ आरजीआर यूकेले सहयोग गरेका छन् ।

गोर्खा वारिअर्स समूह, अफगानिस्थानमा घाइते भएका गोर्खा आर्मीहरुको समूह हो ।