लण्डन । बेलायती राजकुमार ह्यारी र पत्नी मेगनलाई दोस्रो सन्तानका रुपमा छोरीको जन्म भएको छ । मेगनले शुक्रबार बिहान छोरीलाई जन्म दिएको द ड्युक एण्ड डचेज अफ ससेक्सले जानकारी दिएका हुन् ।
शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा जन्मिएकी ३.४ किलोग्राम तौल भएकी छोरीको नाम उनीहरुले छोरीको नाम लिलिबेट ‘लिली’ डायना माउन्टब्याटेन–विन्ड्सर राखेका छन् ।
यो उनकी जिजु हजुरआमाको उपनाम हो। आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ। मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्। उनको नाम आर्ची राखिएको छ।
बकिङ्घम प्यालेसले भनेको छ, ‘महारानी एलिजाबेथ द्धितिय, द प्रिन्स अफ वेल्स एण्ड द डचेज अफ कर्नवाल तथा राजकुमार विलियम र केट (द ड्युक एण्ड डचेज अफ क्याम्ब्रिज) लाई लिलीको जन्मबारे जानकारी गराइएको छ र सबै अत्यन्तै खुशी रहेका छन् ।’
महारानी एलिजाबेथको निकनेमबाट आफ्नी छोरीको नाम राखिएको राजकुमार ह्यारी र मेगनले जनाएको छन् । उनको बिचको नाम डायना उनकी दिवंगत हजुरआमा द प्रिन्सेज अफ वेल्सको सम्मानमा राखिएको वक्तव्यमा उल्लेख छ ।
लिली बेलायती राजपरिवारकी यस्ती सदस्यको रुपमा जन्म लिएकी छिन् जो अमेरिकाकी राष्ट्रपति पनि हुने अधिकार पाएकी छिन् । किनकी अमेरिकामा जन्मने हरेक सन्तान बाबुआमा अमेरिकी नभएपनि छोराछोरी भने अमेरीकाकै नागरिक स्वतः हुने ब्यबस्था छ ।
ह्यारी र मेघनलाई पुत्रीलाभ भएपछि बेलायतबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ। ह्यारीका दाइ–भाउजु राजकुमार विलियम्स र केइट, प्रधानमन्त्री बोरिस जोन्सन, लेबर पार्टीका नेतालगायतले पनि ह्यारी(मेघन दम्पतीलाई बधाई दिएका छन्।
लिली महारानीकी ११ औँ पनातीपनातिनी हुन् । लिलिबेट राजगद्दीको उत्तराधिकारी क्रममा आठौँ नम्बरमा छन् ।






