साझा नेपाली समाज यूकेको बैठक संपन्न ‘समर वृहत्’ कार्यक्रम गर्ने तयारी

12767257_10205757002913150_1202164905_n[1]

शिब भण्डारी

साझा नेपाली समाज यूकेको दोस्रो बैठक मिडल्याण्ड नटिघंमको एभरेस्ट भान्साघर रेष्टुरेन्टमा बिभिन्न निर्णय गरी सम्पन्न भएको छ । हिजो सोमवार २२ फेब्रुवरीमा साझा नेपाली समाजका अध्यक्ष रण बहादुर केसीको सभापतित्वमा बसेको कार्यसमिति तथा सल्लाहाकारहरूको पूर्ण बैठकको सुरुमै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको १३ औं दिनको पूण्यतिथिका अवसरमा उहॉप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

बैठकले आगामी जुलाईमा मिडल्याण र क्याम्ब्रिजशेयरका सम्पूर्ण नेपालाहरूलाई समेट्ने गरी बृहत् समर कार्यक्रम गर्ने तयारी गर्ने निर्णय गरेको छ । साथै पिटरबोरो नेपाली समाज, नेपाली समाज नटिंघम,सिर्जनशील लेष्टर नेपाल र हाम्रो नेपाली समाज वेष्टमिल्याण्ड मिलेर गठन गरीएको साझा नेपाली समाज यूकेले चारै संस्थाका नेपाली समुदायसँग सम्बधित क्षेत्रमै गई नेपाली समुदायकका समस्या र साझाले खेल्न सक्ने भूमिकाबारे अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले साझा नेपाली समाज यूकेको रिक्त सदस्य पदमा लोकनाथ अधिकारीलाई चयन गरेको छ । साथै पहिलो बैठकमा गठित बिभिन्न उप समितिहरूलाई पनि पूर्णता दिइएको छ ।

समाजका अध्यक्ष केसीका अनुसार व्यवस्थापन समितिमा शंकर भण्डारीको संयोजकतत्वमा कृष्णप्रसाद शर्मा, पशुपति पोखरेल, तारानाथ भण्डारी, विष्णुचन्द्र चालिसे, केशव भण्डारी रहनुभएको छ ।

कल्याणकारी कोषमा दयानिधि सापकोटाको संयोजकत्वमा राजु कँडेल, प्रविन पाण्डे, महेश अधिकारी र रणबहादुर केसी तथा सांस्कृतिक समितिमा गंगा गौतम संयोजक र शिव क्षेत्रीसहित ५ जना सदस्य राख्ने निर्णय भएको छ ।

बैठकले नटिंघाम समाजको हालै सम्पन्न चौथो अधिवेशनबाट प्रविण पाण्डेको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई पनि दिएको छ ।

12769363_10206828108156163_860934204_n[1]