बाढीपीडितलाई काँग्रेसद्धारा राहत वितरण

cogressपथरी- नेपाल तरुणदल मोरङले मधुमल्लाका बाढीपीडितलाई रु तीन लाख बराबरको राहत वितरण गरेको छ । हिजो नेपाली काँग्रेस मोरङका पूर्व सभापति एव्म सांसद् अमृत अर्यालले बाढीपीडितलाई राहत वितरण गर्नुभएको थियो ।
तरुणदल मोरङ र नेपाली काँग्रेसका कार्यकर्ता आफँैले रकम उठाएर बाढीपीडितलाई वितरण गरेका हुन ।
तरुणदल मोरङका अध्यक्ष सञ्जय थापाकाअनुसार नेपाली काँग्रेस मोरङका जिल्ला तह, क्षेत्रीय, गाउँ, वडा, र क्रियाशील सदस्यबाट आ–आफै सङ्कलन गरेर सो क्षेत्रका बाढीपीडितलाई सहयोग गरिएको हो ।

गत असार १७ गते सुनसरी बक्राहा खोलामा बाढी आएर मोरङको मधुमल्ला गाविसमा पस्दा १०० घर डुबानमा परेका थिए । प्रतिपरिवार एक बोरा चामल, एक थान त्रिपाल, वितरण गरिएको थियो ।