सैनिक ‘कु’ को प्रयासपछि टर्कीमा तनाव

Turkeyटर्की– टर्कीमा सैनिक ‘कु’ को प्रयास भएको छ । सेनाको एक समुहले कु को प्रयास गरेको भएपनि टर्कीस प्रधानमन्त्री रेसिप तैयिपले स्थिति आफ्नै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तर, स्थानीय समय अनुसार शुक्रबार राति सुरु भएको कू को प्रयास शनिबार बिहानसम्म पनि जारी नै छ । टर्कीका विभिन्न स्थानमा सरकार समर्थक र कु गर्ने सेनाबीच भीडन्त भइरहेको समाचारमा जनाइएको छ ।

विद्राहीहरुले अंकारामा रहेको संसद भवनमा विस्फोट गराएका छन् भने इस्तानबुलस्थित विमानस्थल आफ्नो नियन्त्रणमा लिएका छन् । कू प्रयासका क्रममा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । यस्तै सरकारले सयौंलाई नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति एर्दोगानका अनुसार कूको प्रयासमा अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनको नेतृत्व रहेको छ । राष्ट्रपति एर्दोगानले पहिलेदेखि नै गुलेनले आफ्नो समर्थनमा रहेका न्याय प्रशासन र सैनिकहरुलाई सरकारलाई अपदस्त गर्न आह्वान गर्दै आइरहेका थिए ।

यसैबीच टर्कीमा सेनाको एक सुमहले कु गर्ने प्रयास गरेसँगै त्यहाँका राष्ट्रपति रेसिप तैयिप एर्दोगान आफ्ना समर्थकहरुका साथ इस्तानबुल विमानस्थलमा देखिएको समाचारमा जनाइएको छ ।

यसअघि सीएनएनसँग कुरा गर्दै उनले स्थिति आफ्नै नियन्त्रणमा रहेको बताएका थिए ।

लगत्तै एक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति एर्दोगानले आफूलाई सत्ताच्युत गर्ने प्रयास राष्ट्रद्रोह भएको बताएका छन् ।

उनले आफू टर्कीका जनताहरुको साथमा नै रहेको र कहीँ नजाने पनि बताए। उनी कूको प्रयास हुँदा कोस्टल सहर मारमारिसमा थिए । त्यहाँबाट उनी इस्तानबुल आएका थिए ।