बन्नै लागेको संविधान कांग्रेस एमालेले भाँडे

एकीकृत नेकपा माओवादीका नेता डा. वावुराम भट्टराईले सत्तारुढ दलहरुले एकलौटी ढंगले अघि वढ्ने सोच नत्यागेसम्म संवादको ढोका खुल्न नसक्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा रिपोर्टस क्लवले गरेको साक्षात्कारमा भट्टराईले काँग्रेस एमालेका कारण दलहरुबीच संविधान लेखनको विषयमा बन्नै लागेको सहमति भाँडिएको आरोप लगाए ।
नेपालको राजनीतिक घटनाक्रम जटिलतातिर उन्मुख भएको भन्दै भट्टराईले काँग्रेस एमालेकै कारण संविधान जारी हुनेमा ठुलो शंका उत्पन्न भएको दाबी गरे ।
संविधानसभा अध्यक्ष पनि सत्तारुढ दलहरुको निर्देशनमा चल्न थालेका आरोप लगाउँदै उनले सत्तारुढ दलहरु नसच्चिएसम्म संविधानसभामा सहभागी हुनुको अर्थ नभएको बताए । नेता भट्टराइले परिवर्तनका एजेण्डा संस्थागत गर्ने गरी संविधान बन्नुपर्नेमा जोड दिए ।