कोरियामा नेपाली कामदारको तलब १ लाख ३० हजार

korea flagकाठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको न्युनतम तलब बृद्धि भएको छ ।

कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले कामदारको न्युनतम तलब बढाउने निर्णय गरेसँगै नेपाली कामदारको तलब पनि बढेको हो । कामदारको तलब ७.३ प्रतिशतले बढेअनुसार अब नेपाली कामदारको न्युनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

अब मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् । नयाँ निर्णय तलब सन् २०१७ देखि लागू हुने छ ।