नाकाबन्दी तत्काल अन्त्य गर्न भारतलाई अन्तर्राष्ट्रिय समुदायको निर्देशन

काठमाडौं । भूपरिवेष्टित मुलुक नेपालमाथि छिमेकी भारतले एक महिनायता लगाएको अघोषित नाकाबन्दीप्रति यूरोपेली यूनियन (ईयू)ले गम्भीर चिन्ता र चासो व्यक्त गरेको छ । विनासकारी भूकम्पबाट माथि उठ्न नपाउँदै नेपालीको जनजीवनमा गम्भीर असर पार्ने गरी भएको अघोषित नाकाबन्दीप्रति ईयूले ‘नाकाबन्दी सब्द नै प्रयोग गर्दै यो तत्काल अन्त्य हुनुपर्ने पनि बताएको छ ।
‘भारतले नेपाललाई बिनाअवरोध सीमापार व्यपार सुनिश्चित गर्न सहयोग गर्नुपर्छ’, युरोपेली मुख्यालयबाट शुक्रबार जारी एक बक्तव्यमा भनिएको छ, हामी भारतलाई यो आह्वान गर्छौं कि नेपालतर्फ आपूर्ति व्यवस्थामा अवरोध सिर्जना हुनुहुँदैन ।’ कान्तिपुर दैनिकमा समाचार छ ।