काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पेटमा समस्या भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।
खड्काको आन्द्रामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सक मधु घिमिरेले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ । पूर्णरुपमा स्वास्थ्य विवरण आउन भने दुई दिन लाग्नेछ ।
शुक्रबार पेटमा समस्या भएपछि खड्कालाई उपचारका लागि अस्पतालमा लगिएको थियो ।






