गुल्मी कार्तिक १२ गुल्मी । सदमुकाम तम्घास देखि ग्रामीण क्षेत्र नेटा दलिङ्ग चल्ने जीपहरुले मनपरी भाडा लिएको खुलासा भएको छ । डिजल पेट्रोलको अभावको बाहाना बनाई तीन सय पचास तोकिएको भाडा दरमा २५०० सय सम्म लिएको पाइएको छ । महानपर्व दशैको अवसरमा यात्रुहरुको चाप भएको बेला मौका छोपी अधिक भाडारकम लिनेगरेको तम्घास देखि नेटा दलिङ्ग जाने प्रकाश घिमिरेले २५०० सय भाडा तिर्न बाध्य भएको उनले बताए ।
उत्ता गुल्मी जिल्लाका प्रहरी नायब उपरिक्षक रविन्द्र रेग्मीका अनुसार उक्त गाडीहरुका बारेमा अनुसन्धान भइरहेको उनले बताए । बढी भाडादर लिएको पाइएमा उनीहरुलाई कानून बमोजिम कारबाही गरिने रेग्मीले बताए । हुँगा देखि बलेटक्सार सम्मको भाडा दर ५० रुपैयाँ भएपनि जीपहरुले २०० सम्म भाडा असुल गर्ने गरेको हरि भण्डारीले गुनासो गरे ।
गुल्मीमा अाठ गुणा बढी भाडा






