लण्डन । तमु धिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।
सहयोग चेक शनिबार तमु धिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई हस्तान्तरण गरे । मिचेटस्थित तमु धिं भवनमा एनआरएनए यूके र तमु धिं यूकेका पदाधिकारीहरुको उपस्थितिमा चेक हस्तान्तरण भएको थियो ।
चेक ग्रहण गर्दै एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले सहयोगका लागि तमु धिं यूकेप्रति आभार प्रकट गरिन् ।
एनआरएनए यूकेले कोरोना महामारीका बेला विभिन्न समस्यामा परेका नेपालीहरुको सहयोगका लागि सक्दो कोशिस गरिरहेको उनले बताइन् । बेलायतस्थित अन्य नेपाली संघसंस्था समेतले एनआरएनएको सहयोग अभियानमा ऐक्यबद्धतासहित साथ दिंदै आएको अध्यक्ष गुरुङले सुनाइन्।
तमु धिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले पनि एनआरएनए यूकेको सहयोग अफ्ठेरोमै परेका वास्तविक पीडितहरुसम्म पुगोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।महामारीका बेला एनआरएनए यूकेले चलाएको सहयोग अभियान प्रशंसनीय छ भन्दै उनले यसबाट धेरै नेपाली लाभान्वित हुने आशा उनले व्यक्त गरे ।
त्यसअवसरमा एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष तेजेन्द्र रोका र कार्यसमिति सदस्यद्धय हेम गुरुङ र धन सार्कीका साथै तमु धिं यूकेका तर्फबाट संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्षहरु हितकाजी गुरुङ र जुमकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ लगायतको उपस्थिति थियो ।
एनआरएनए यूकेको कोरोना राहत कोषमा हालसम्म २२ हजार पाउण्डभन्दा बढी रकमको सहयोग प्रतिबद्धता आएको छ । बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले समेत कोषमा आर्थिक योगदान गरेका छन् ।(नागरिक खबर)






