लन्डन । कोरोनाको संक्रमणबाट प्रभावित र लकडाउन समस्यामा परेका दाङ घोराही नगरपालिका–१८ का विपन्न परिवारलाई नेपाली वेलफेयर सोसाइटी यूकेले राहत स्वरुप खाद्यन्न उपलब्ध गराएको छ । सोसाइटीले ५० परिवारलाई १ महिना पुग्ने गरी चामल, तेल, दाल सहित खाद्यन्न बाँडिएको हो । 
नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष एवं एनआरएन युके सदस्य धनबहादुर सार्कीको अध्यक्षतमा सम्पन्न घोराही नगरपालिकामा प्रत्यक्ष रुपमा राहत वितरण भइरहेको कार्यक्रम को औपचारिक भर्चुयल कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके सचिव जीत रानाभाटले सञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सांसद एबम गायिका कोमल ओली थिइन् । उनले समस्यामा रहेका वर्गलाई राहत पुरयाउने नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीलाई धन्यवाद दिइन् । प्रवासमा रहेर पनि मातृभूमिलाई दुख्दा मल्हम लगाउन खोज्ने धनबहादुर जस्ता धेरै नेपालीको खाँचो रहेको सांसद ओलीले बताइन् ।
कार्यक्रममा एनारएनए यूके उपाध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्य दयानिधि सापकोटा, सयपत्री नेपाली कल्चर यूकेका डम्बरसिंह, गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचा, नैनिटनका समाजसेवी ओमप्रकाश गुरुङ, तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, हरिगोविन्द गुरुङ,पत्रकार शिब भण्डारी ,शमशेर नेपाली र बुद्धि नेपाली,किरण नेपालीको पनि कार्यक्रममा सहभागी थियो ।
कार्यक्रममा नेपालबाट डा. बुद्धि नेपाली, मधुसुदन अधिकारी, घोराही वडा नं. १८ का वडाध्यक्ष भरतमणी अर्याल, टोल अध्यक्ष पार्वती पुन र दलित संघका देव कुमार नेपालीको पनि उपस्थिति थियो ।कार्यक्रम दाङ्ग घोराइ स्थित स्थानिय सौरब क्षेत्त्री तथा सुश्मा क्षेत्री लगायतले संयोजन गरेका थिए।










