लण्डन । पछिल्लो समय सामाजिक सञ्जाल मध्ये टिकटक सर्वप्रिय बनेको छ । केही समय यता अत्यधिक डाउनलोड हुने एप बनेको टिकटकमा बालक बच्चा देखि युवा पुस्ता र वृद्धाहरु समेत रमाईरहेका छन् ।
आफ्नो कला प्रस्तुत गर्ने र विभिन्न किसिमका भिडियोहरु तथा नृत्यहरु टिकटकमा पोष्ट गर्न पाउने सुविधाले सबैको प्रिय सामाजिक सञ्जालको रुपमा टिकटक स्थापित छ । टिकटकमा पछिल्लो समय भईरहेको दुरुपयोग रोक्न र प्रतिभा पहिचान गर्ने उद्धेश्यले टिकटक गट् ट्यालेन्ट प्रतियोगीताको चौँथो सिजन हुने भएको छ ।
युनिटी ईज पावर नामक समुहको आयोजनामा यही साउन १३ गते अर्थात जुलाई २९ तारिख नेपाली समय राति ८ बजे र युकेको समयानुसार दिउँसो ३ बजेबाट उक्त प्रतियोगीताको पहिलो चरणको अडिसन सुरु हुने भएको हो ।
नेपाली सगींत, कला संस्कृतिको संरक्षण प्रवद्र्धन र जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रमिला गुरुङले जानकारी दिईन् । प्रतियोगीतामा देश तथा विदेशबाट नेपालीहरु सहभागी हुन पाउने उनले बताईन् । आफु भित्र रहेको प्रतिभा मध्ये गीतसगींत अथवा वाद्यवादन र हास्यवग्यं जुनसुकै नेपाली कला संस्कृतिसगं जोडिएका विषयहरुसगं सम्बन्धित रहेर सहभागीले आफ्नो प्रतिभा देखाउन सकिने उनको भनाई छ ।

लण्डन नेपाल न्यूजसगंको कुराकानीमा सञ्चालक प्रेम गुरुङले पछिल्लो समय भईरहेको सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न र लुकेका प्रतिभाहरुलाई बाहिर ल्याएर विश्वव्यापी रुपमा चिनाउने तथा रचनात्मक सिपको गरी उत्कृष्ट प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा उत्कृष्ट हुन प्रतिष्प्रधीले ४ वटा खुड्किलो पार गरी अन्तिम ग्राण्ड फिनाली राउण्डमा पुग्नुपर्नेछ । अडिसन राउण्ड, सिल्भर राउण्ड, क्वाटर फाइनल राउण्ड, सेमी फाइनल राउण्ड, हुँदै अन्तिममा सवै विधाका उत्कृष्ट प्रतिष्प्रधीहरुका बीचमा ग्राण्ड फिनालि हुने आयोजकको भनाई छ ।
ग्राण्ड फिनालिमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश : नगद रू. ५० हजार, २५ हजार र १० हजारको साथमा विभिन्न उपहार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । एकजनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने बताईएको छ ।
नेपाल पोखरा घर भई हाल यु.के. निवासी टिकटक लगायत अन्य सामजिक कार्यहरु मार्फत चिर परिचित प्रेम गुरुङले सञ्चालन गर्ने उक्त प्रतियोगीता मञ्जिल युके टिकटक पेजबाट प्रत्यक्ष प्रशारण गरि सञ्चालन गरिने गुरुङले बताईन् ।
प्रतियोगीता अवधिभर निर्णायकमा सुविला लामा (काठमाण्डौ) र अमृत कुमार (पोर्चुगल) बाट भुमिका निर्वाह गर्नेछन् । भने चिफ अपरेटिड्ं अफिसर सिता बोहोरा चिफ मार्केटिङ अफिसर प्रमिला गुरुङ मार्केटिड अफिसर विनिता गुरुड ईभेन्ट र इन्टरटेन्टमेन्ट अफिसर नानु गुरुङ मोडररेटर हेड वावा र मोडरेटर कुमार मोक्तान रहेका छन् ।

सन् २०२१ नोभेम्बरबाट सुरु भएको टिकटक गट् ट्यालेन्टका अहिलेसम्म ३ वटा सिजन सम्पन्न भएका छन् । पहिलो सिजनमा युकेकी निर्मला गुरुङ, दोस्रोमा पोखराकी विनिता गुरुङ र तेर्सो सिजनमा काठमाण्डौका मंगल कुमार मोक्तान विजयी भएका थिए ।
लाखौं प्रयोगकर्ता रहेको टिकटकमा सर्वसाधारणदेखि लिएर सेलिब्रेटीको पनि पहुँच रहेको छ, टिकटकबाट नै कोहि सेलिब्रेटी बनेका प्रशस्त उदाहरणहरु रहेका छ्न







