शिव कल्चरल कम्युनिटी सेन्टरको अध्यक्षमा भिम बानियाँ

लण्डन । शिव कल्चरल कम्युनिटी सेन्टरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले भिम बानियाँको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति छनौट गरेको हो ।समितिको उपाध्यक्षमा बाचस्पति रेग्मी रहेका छन् ।

अधिवेशनले महासचिवमा बिक्रम भट्टराई,कोषाध्यक्षमा हरि भट्टराई  र सह-कोषाध्यक्षमा गंगा अधिकारी सांस्कृतिक सचिवमा सुशिला पौडेल र तानिया जैन तथा सदस्यहरुमा शंकर श्रेष्ठ, दिल रुचाल, भरत श्रेष्ठ, अरबिन्द सहनी, प्रदिप रेड्डी, भिमबहादुर गुरुङ, निरज तिवारी, निरज शर्मा र शरद कुलकर्नी चुनिएका छन् । बाँकी सदस्य अध्यक्षले थप गर्ने सहमति गरिएको छ ।

मन्दिर परिसरमा भएको अधिवेशनलाई गैरआवासीय नेपाली संघ (एनआरएन यूके) अध्यक्ष पुनम गुरुङले उद्घाटन गरेकी थिइन । निर्वाचन आयुक्त एकेन्द्र गुरुङ रहेको एक समितिले संस्थाका निबर्तमान अध्यक्ष रोहित गुरुङ् संरक्षक रहने गरि बोर्ड अफ ट्रस्टीमा भने १४ जनाको नाम समेत सार्बजनिक गरेको छ ।

अम्बर मल्ल, शेर सुनार, रामचन्द्र गुरुङ सुर्जे, जिव बेल्वासे, डा रेजी, पुरन गिरी, निलकण्ठ पौडेल, भिम बानिया, हरि भट्टराई, विक्रम भट्टराई, डा कुमार अग्रवाल, बेम थापा, सुष्मा गुरुङ, सुनिता जैन बोर्डमा मनोनित भएका छन् ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेले शिव मन्दिरका लागि आफ्नै भवन खरिद गरिसकेको छ। अल्डरसटको क्वीन्स रोड स्थित  निबर्तमान अध्यक्ष रोहित गुरुङ् को नेतृत्व मै आफ्नै भबनमा ‘शिव मन्दिर’स्थापना गरेको हो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *