नेपाल ब्रिटेन राहत तथा उद्दार कोष समिति विस्तार :

लन्डन । लन्डनस्थित नेपाली दूतावासद्धारा गठित नेपाल ब्रिटेन राहत तथा उद्दार कोष अन्तर्गत आर्थिक संकलन तथा व्यवस्थापन समिति विस्तार भएको छ । उक्त समितिका संयोजक सूर्य गुरुङले प्रभावकारी ढंगले कार्य गर्न समिति विस्तार गरेका हुन् । 10478133_10206819308223178_603794671399976231_n[1]

विस्तारित समितिमा सचिव भक्त गुरुङ, 
इंग्ल्याण्ड प्रतिनिधिहरु कृष्ण तिमिल्सिना, प्रमिला राई, वेल्स् प्रतिनिधि मेजर (रि) खुशीमान गुरुङ, नर्दन आयरल्याण्ड प्रतिनिधि नारायण कँडेल र स्कटल्याण्ड प्रतिनिधि काशीराम भण्डारी संलग्न 
छन् । संयोजक गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै आर्थिक तथा राहत संकलनमा सहयोग गर्न सबैमा अपिल गरेका छन् । समितिको विज्ञप्तिः शनिवार दिउसो आएको प्रलयकारी महाभूकम्पले ५ हजारभन्दा बढिको जीवन समाप्त पा¥यो । बीसौं हजार शरिर थिलोथिलो पर्ने गरी घायल भए । पचासौं लाख मानिसको बास उजाड पारेको छ ।

हजारौं जिवित आत्माहरु भग्न पर्खालभित्र जिवनको भिख माग्दै छट्पटिन बाध्य छन् । लाखौं मानिस खुल्ला आकासमुनि संत्रस्त जीवन बाँच्न बाध्य भएका छन् । निर्दयी महाभूकम्पले शुन्दरतम् शहर र तरेली परेका सुन्दर गाउँवस्तीहरु क्षणभरमा खण्डहर बनाइदिएको छ । यो पीडाले हाम्रो मातृभूमि आज रोइरहेको छ । आउनुहोस् हातमा हात मिलाऔं, काँधमा काँध मिलाऔं, चहराइरहेको घाउमा मलहम लगाऔं, शोकाकुल मातृभूमिको दिव्यमुहार पुनः सजाऔं । यसै सिलसिलामा राहत संकलनका लागि तपाईंसम्म पुग्न नेपाली दूतावास लण्डनले नेपाल ब्रिटेन उद्दार तथा राहतकोष मूल समिति गठन गरेको छ । समितिले फोन सम्पर्क नंं. ०२०७०४३७४९७ रहने गरी हेल्प डेस्क स्थापना पनि गरिसकेको छ । यस मूल समिति अन्तर्गत निम्न बमोजिम आर्थिक संकलन तथा व्यवस्थापन समिति गठन गरिएको कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछु ।

१. संयोजक – सूर्य गुरुङ (मोवाइल नं. ०७७९५५१८२२८) २. सचिव – भक्त गुरुङ (मोवाइल नं. ०७८७२९३९८८५) ३. इंग्ल्याण्ड प्रतिनिधि – कृष्ण तिमिल्सिना (मोवाइल नं. ०७९००५२२५११) ४. इंग्ल्याण्ड प्रतिनिधि – प्रमिला राई (मोवाइल नं. ०७८८९९२२०१५) ५. वेल्स् प्रतिनिधि – मेजर (रि) खुशीमान गुरुङ (मोवाइल नं. ०७९८०८६६००१) ६. नर्दन आयरल्याण्ड प्रतिनिधि – नारायण कँडेल (मोवाईल नं. ०७७८६७६६५२१) ७. स्कटल्याण्ड प्रतिनिधि – काशीराम भण्डारी (०७८७७१२६७६७)

आर्थिक सहयोगका लागि नेपाली दूतावास लण्डनको बैंक खाता निम्न बमोजिम छ ।

Embassy of Nepal, London (Earthquake Relief Fund), NatWest Bank, Account Number: 05537339, Sort Code: 60-15-33 Notting Hill Gate, London, UK.

हार्दिक धन्यवाद सहित । सूर्य गुरुङ संयोजक आर्थिक संकलन तथा व्यवस्थापन समिति नेपाली दूतावास लण्डन