शनिबार आएको भुकम्पमा परेका आफ्ना क्षेत्रको जनताका लागि काठमाडौं क्षेत्र नम्बर ४ का सभासद गगन थापाले एक वर्षको रकम बराबर राहत घोषणा गरेका छन्।
पाँच दिन अघिको महाभूकम्पबाट मारिनेको संख्या ५ हजार ३ सय १० पुगेको छ । बुधबार मात्रै विभिन्न प्रभावित स्थानका खण्डहरबाट ९ सय शव निकालिए । तीमध्ये राजधानीका विभिन्न स्थानबाट ४४ शब फेला परेकोमा दुख ब्यक्त गरेका छन ।‘सहयोग, पुनर्स्थापना र पुनर्निर्माणको काम ढिला हुन सक्ला तर राहत ढिलो भयो भने त्यसको अर्थ हुँदैन। त्यसैले हामीले सरकारलाई कुर्न सकेनौं। भूकम्प आएको दिनदेखि नै आफ्नो किसिमले राहत र व्यवस्थापनको लागि सक्दो प्रयास गर्दै आएको नै हो,’ गगन थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘मैले क्षेत्र नं. ४ का साथीहरूलाई आफ्नोतर्फ योगदान गरेर भए पनि राहत वितरणको कामलाई थप व्यवस्थित वनाऔं भनेर आव्ह्वान गरेको छु,’ थापाले भने, ‘त्यसको शुरुवात गर्न यस क्षेत्रमा निधन भएकाका परिवार र पुर्ण रुपले विस्थापित भएकाकाका लागि तत्काल अत्यावश्यक पर्ने सामाग्री(टेन्ट, खाद्यान्न, व्ल्याङ्केट लगायतका सामाग्री खरिद गर्नका लागि) राहत स्वरुप मेरो तर्फवाट १ बर्षको तलव वरावरको रु ७ लाख ७ हजार ६१६ उपलव्ध गराउने निर्णय गरेको छु।’







