संबिधानसभा अन्र्तगतको मस्यौदा लेखन समितिको बैठक आज बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा संबिधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुले सहमती जुटाउन नसके आफैले मस्यौदा बनाउने भनेर गरेको प्रस्ताबमा छलफल हुने मस्यौदा समितिले जानएको छ । संबिधानको मस्यौदा लेख्ने जिम्मा पाएको समितिले सभामुख आफैले मस्यौदा लेख्ने बताएपछि छलफल गर्न लागेको हो । समिति अध्यक्ष तथा काग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सभामुखको प्रस्ताबप्रति असन्तुष्टि जनाउदै आउनुभएको छ ।
यसैविच नेकपा एमालेको आज बस्ने भनिएको स्थाई कमिटि बैठक स्थगित भएको छ । आज र भोली संबिधानका बिबादमा सहमती जुटाउन दलीय बैठकमा व्यस्त हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको एमाले अध्यक्ष केपी ओलीको सचिवालयले जनाएको छ ।
संविधानको मस्यौदा लेख्नेबारे छलफल






