प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजदेखि सुरु हुदैछ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाङ्क्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहेको पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । यस अवधिमा विधिपूर्वक व्रत नबस्नेले पनि आ–आफ्नो घरमा स्वस्थानीको कथा पढ्ने र सुन्ने गर्दछन् ।
स्वस्थानी व्रत आजदेखि सुरु






