कपि राइटको आरोप लागेका अमिताभलाइ एक करोडको मुद्दा

बलिउड अभिनेता अमिताभ बच्चनलाइ यति बेला एउटा समस्याले सताएको छ |उनीमाथि अहिले कपिराइटको आरोप लागेको छ |उनले अरुले लेखेको कविता सामाजिक संजालमा पोस्ट गरेपछि उनलाई यस्तो आरोप लागेको हो |

Amitabh.Bachchan
अमिताभको फेसबुक पेजमा विकास दुवे नाम गरेका एक व्यक्तिले ‘कोर्ट मे कुत्ता’ शीर्षकको कविता पोष्ट गरेका थिए जसलाई अमिताभले आफ्नो ट्वीटर र फेसबुकमा सेयर गरे ।हरियाणका एक कवि जगबीर राठीले भने उक्त कविता आफ्नो भएको र तत्काल उक्त पोष्ट हटाउन वा सुधार गर्न आग्रह गरेका थिए । तर, अमिताभले त्यसलाई वेवास्ता गरेपछि ती कविले एक अमिताभविरुद्ध मुद्दा दायर गर्दै एक करोडको नोटिस पठाएका छन् ।

वास्तावमा उक्त कविता विकास दुवेको नभएर हरियाणाको रोहतक महर्षि दयानन्द विश्वविद्यालयका युथ वेलफेयर डिपार्टमेन्टका निर्देशक जगबीर राठीको हो । यसरी आफ्नो कविता अमिताभले अर्कैको नाममा सेयर गरेको पाएपछि उनले अभिताभलाई इमेर, ट्वीटर र फेसबुकबाट जानकारी गराएका थिए । तर, यति गर्दा पनि अमिताभले कुनै चासो नदेखाएपछि उनी कानुनको साहरा लिन बाध्य भए ।

अहिले जगबीर राठीले अमिताभलाई कानुन नोटिस पठाएर यस विषयमा १५ दिनभित्र जवाफ दिन र एक करोड रुपैयाँ जरिवाना तिर्न भनेका छन् ।
अमिताभले उक्त कविता २४ मेमा शेयर गरेका थिए ।राठीलाई यस विषयमा उनका एक विद्यार्थीले जानकारी दिएका थिए । त्यतिबेलासम्म कविताले १.७२ लाख लाइक पाइसकेको थियो भने १६ हजारले सेयर गरेका थिए ।

श्रोत :नेपाल जापान डट कम