कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरु

congress-election11काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरु भएको छ ।

बिहान १० बजेपछि पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ । खुलातर्फ २५ पदका लागि ९० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

केन्द्रीय सदस्यको खुलातर्फ प्रभावशाली नेताहरु नै चुनावी मैदानमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्यानल नै बनाएका छन् । दुवै प्यानलका २५/२५ जना उम्मेदवार छन् भने ४० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।