छोराको कुटाइबाट बाबुको ज्यान गयो

सोलुखुम्बुको नेचा बेतघारीमा आफ्नै छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । नेचा बेतघारी–८ निवासी ७१ वर्षीय बाबु चक्रबहादुर राईलाई उनकै माइलो छोरा ३८ वर्षीय टेकबहादुर राईले आग्लो प्रहार गरेपछि मृत्यु भएको हो ।
मङ्गलबार बिहान घरायसी विवाद भएपछि छोराको आग्लो प्रहारबाट गम्भीर घाइते बनेका चक्रबहादुरलाई उपचारका लागि मङ्गलाबर दिउँसो हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको थियो । उनको उपचारको क्रममा काठमाडाँैस्थित शिक्षण अस्पातालमा मङ्गलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ । आग्लो प्रहार गर्ने छोरा टेकबहादुरलाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।