अमेरिकाको हिमालमा नेपाली पण्डितको किर्तिमानी

काठमाडौं,फागुन २९ – लामो दूरीका धावक एवं पर्वतारोही संजय पण्डितले दक्षिण अमेरीकाको सर्वोच्च शिखर माउन्ट अकाउनकागुवाको सफल आरोहण गरेका छन् । अकाउनकागुवाको शिखरमा पुगेर उनेले नेपाली राष्ट्रिय झण्डासहित नेपाली पोशाक दौरा सुरुवाल भादगाउँले टोपी प्रदर्शन गरेका छन् ।

IMG_0444
विश्वका सात समिट मध्ये प्राविधीक रुपमा सबैभन्दा कठिन र प्रख्यात आरोहीहरुको जमघट हुने अकाउनकागुवाको शिखर चुम्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको पण्डीतले बताए । दुःख र खतराका हिसावले आफुलाई सगरमाथा र मनास्लुभन्दा पनि माउन्ट अकाउनकागुवा चुनौतिपूर्ण लागेको उनले बताए । ‘त्यहाँ मृत्युको कल्पना हुन्थ्यो,यहाँ आफ्नो आँखा अगाडी मृत्यु देखेजस्तो लाग्यो’, उनले भने ।