लण्डन । सोंपाल समाज यूकेले शनिवार एक बैठक बस्दै सल्लाहकार र ट्रष्टीहरुको मनोनयनसँगै अब नयाँ आत्मविश्वासको साथ अघि बढ्ने संकल्प गरेको छ ।
लण्डनको सड्बरी स्थित हिमालयन रेस्टुरेन्टमा अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा बसेको पहिलो बैठकले
कार्यसमितिका सल्लाहकार र ट्रष्टीहरुलाई सम्मान गर्दै सल्लाहकार र ट्रष्टीको नयाँ जिम्मेवारी तोकेको हो ।
उपाध्यक्ष जगदीश गुरुङको स्वागत मन्तब्यसँगै शुरू भएको कार्यक्रममा अध्यक्ष श्रीप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ र संस्थापक अध्यक्ष बिजय गुरुङले सामूहिक रूपमा दिप प्रज्वलन गरि बैठक समुद्घाटन गरेका थिए ।
बैठकको सुरुवातमा केही दिन पहिला स्वर्गवास भएका आफन्तहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
बैठकमा निवर्तमान अध्यक्ष युक्त गुरुङले पाचौं कार्यसमितिका कार्यसमिति आमा समूह, सल्लाहकार लगायत ट्रस्टिजहरुलाई संस्थाको लागि पुर्याएको योगदानको सम्मान गर्दै विशेष धन्यवादसहित प्रसंशा पत्र प्रदान गरेका थिए ।
संस्थामा रहेको चलअचल सम्पत्तिको लिस्ट अध्यक्ष श्रीप्रसाद गुरुङलाई हस्तान्तरण गर्दै छैटौं कार्यसमितिलाई सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।
संस्थाका पूर्वकोषाध्यक्ष तथा वर्तमान उपाध्यक्ष ध्रुव गुरुङले समाजमा रहेको कोषको विवरण र कागजात अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए ।

सोहि अवसरमा अध्यक्ष गुरुङले पाँचौं कार्यसमितिका अध्यक्ष, आमा समूह की निवर्तमान अध्यक्ष तथा ट्रस्टिज नईन्द्र गुरुङलगायत कार्य समिति, आमा समूह, सल्लाहकार लगायत सबैलाई धन्यवाद दिदै आउँदा दिनहरुमा पनि निरन्तर यसरी साथ र सहयोग गर्न आग्रह गरेका थिए ।
छैटौं कार्यसमितिको बैठकले सस्थाका ट्रस्टिज र सल्लाहकारहरु मनोनयन गरेको महासचिब भरत गुरुङले जानकारी दिए । उनका अनुसार सल्लाहकारहरुमा, पूर्वअध्यक्ष क्याप्टेन प्रेम बहादुर गुरुङ, इन्द्रावती गुरुङ, पार्वती गुरुङ, शंकर गुरुङ, ले. दिल बहादुर गुरुङ, क्या. चित्र बहादुर गुरुङ, रुद्र बहादुर गुरुङ, करम गुरुङ, देउ बहादुर गुरुङ, क्या. राजेन्द्रमान गुरुङ, एफसी विजय गुरुङ, जुम बहादुर गुरुङ, क्या. रामकाजी गुरुङ, ले. धन प्रसाद गुरुङ, जम बहादुर गुरुङ रहेका छन् । त्यस्तै ट्र्स्टिजहरुमा पूर्वअध्यक्ष राम गुरुङ, दिपक (डेविड) गुरुङ, पूर्वअध्यक्ष चन्द्र बहादुर गुरुङ, नवराज गुरुङ, कोषाध्यक्ष प्रदाप गुरुङ चयन भएका छन् ।

अध्यक्ष गुरुङले विभिन्न संघसस्थाहरुसङ्ग पनि सोंपाल समाज यूकेले राम्रो सम्बन्ध कायम गर्दै आएको र आउँदा दिनहरुमा पनि सम्बन्ध बढाउदै लैजाने बताए ।
साथै बैठकले आगामी दिनका योजनाहरु समेत तय गरेको छ । बैठकमा आमासमूहकी अध्यक्ष माया गुरुङले सबै सोंपाल समाज यूकेका आफन्तहरुलाई प्रेम सद्भाव कायम राखि सधैं सस्थाको लागी एकबद्ध भए अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।







