तक्दीर अधिकारी
सिड्नी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सचेत र सुरक्षित रहन पोखरा समाज अस्ट्रेलियाले अपिल गरेको छ । समाजका अध्यक्ष राजकुमार अधिकारी र महासचिव समित केसीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘कोरोना भाइरसको महामारीले प्रभावित भइ ठूलो संख्यामा मानिसले जीवन गुमाई रहेको यो परिस्थितिमा हामी दुखित छौं ।
साथै यस महामारीको दीर्घकालीन समाधानको प्रार्थना गरिरहेका छौंं । यतिबेला अनावश्यक भिडभाडमा सहभागी नहुन सुझाव आइरहेका बेला पोखरा समाज अष्ट्रेलियाद्वारा नेपाली नयाँ वर्षको अवसरमा आयोजना गर्ने तयारीमा भइरहेको शुभकामना आदान–प्रदान कार्यक्रमसमेत स्थगित गरिएको जानकारी गराउँदछौं ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यो जटिल अवस्थामा सम्मेलित भइ थप मानवीय क्षति हुन नदिन सम्बन्धित स्वास्थ विभाग तथा राज्यबाट प्राप्त सत्यतथ्य जानकारीलाई आम जनमानस समक्ष पु¥याइ सुरक्षित र सचेत हुन देश विदेशमा रहनु हुने सम्पूर्णमा अपिल गर्दछौं ।’






