तक्दीर अधिकारी
सिड्नी । नेपालबाट सिंगापुर हुँदै अस्ट्रेलिया फर्किदा कोरोना लागेको भनिएका एक नेपालीले पूर्णरुपमा स्वास्थ्यलाभ गरेका छन् । अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरेका ती नेपाली युबक ताजमानियाको होटलमा काम गर्ने स्थलमै ढलेपछि उनीलाई अस्पताल लगिएको थियो । झन्डै दुई साताको कोरोना उपचारपछि उनी स्वास्थ्य अवस्थामा फर्किएका हुन् । उनी यो हप्ता देखि काममा फर्कदैछन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि आफूले काम गर्ने होटलको प्रशासनसँग उनले भेट गरिसकेका छन् । डाक्टरले उनी पूर्णरुपमा फिट भएको भनेपछि होटलले उनलाई नियमित काम फर्किन अनुमति दिएको छ ।
उनलाई कोरोनाको आशंका गरेपछि उनीसँगै बस्ने अन्य नेपालीहरुलाई पनि कोरेन्टाइनमा राखिएको थियो । उनीहरुलाई पनि कोरेन्टाइनको समय अबधि पुर्याएर घर फर्किने भएका छन् ।
कोरोना संक्रमणले संसारभरि आतंक मच्चिरहेका बेला अस्ट्रेलियाका जनजीवन पनि विस्तारै संकुचित बन्दै गएको छ । सधैं भिडभाड हुने सिड्नीका ट्रेन स्टेशन तथा सार्वजनिक यातायात यतिबेला खुल्ला जस्तो देखिन्छ । धेरैजसोले सार्वजनिक यातायातको प्रयोग भन्दा निजी सवारी साधनमा आवतजावत गरिरहेको भेटिन्छ ।
डिर्पाटमेन्ट स्टोरहरुमा किनमेल गर्नेको भीडजस्तो देखिन्छ । अनलाइन सपिङबाट डिमान्ड गरेको सरसामान आपूर्ति तत्काललाई बन्द भएको छ । विशेष गरी वृद्धवृद्धाहरुका लागि आवश्यक सामग्री किन्नका लागि पहिलो प्राथमिकता दिइन्छ ।प्रधान मन्त्री स्कट मोरिसनले आज बिहान पत्रकार समेलन गर्दै सरकारको भाबी योजनाका बारेमा प्रस्ट पार्दै सामाजिक दुरी कायम राख्न र जिम्बेबार नागरिकको कर्तब्य निभाउन प्रधान मन्त्रीले सबैमा अनुरोध गरे।
अन्य मुलुकबाट अष्ट्रेलिया आउने जोकोही अब १४ दिन सेल्फ आइसोलेसनमा बस्नै पर्नेछ । अन्य मुलुकबाट आउने अष्ट्रेलियन नागरिक वा विदेशी नागरिक सबै सेल्फ आइसोलेसनमा बस्न सरकारले गत आइतबार नै निर्देशन जारी गरिसकेको छ ।






