माल्टाबाट सुरु भयो- ‘विपन्न, असक्तलाई हाम्रो साथ नेपाली मन सहयोगी हात’ अभियान

शिव भण्डारी
लन्डन । गरिब, बिपन्न, असक्त र असाहयलाई सामाजिक तथा आर्थिक सहयोग गर्ने उद्देश्यले माल्टामा बस्ने सक्रिय युवाहरुको सहभागितामा बिपन्न, असक्तलाई हाम्रो साथ नेपाली मन सहयोगी हात अभियान सुरु भएको छ ।

अभियानको संयोजकमा लछु गिरी रहेका छन् भने सहसंयोजक तथा संचालक हरि खराल छन् । संरक्षक सामाजिक अभियन्ता तथा गैर आबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषदका केन्द्रिय सल्लाहकार श्री सोम सापकोटा  छन् । यस्तै सल्लाहकारमा एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल, ब्यवसायी गोबिन्द खरेल, दिननाथ भट्टराई, बिष्णु कार्कीका छन् भने विशेष सहयोगीका रुपमा हरि पाण्डेलाई राखिएको छ ।

गत चैत्र ३ गतेबाट सुरु भएको यो अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देश विदेशमा बस्ने नेपालीले बिभिन्न पारिबारिक सामाजिक कार्यक्रम जस्तै जन्म दिनको भोज, वैवाहिक वर्षगाँठ र भेटघाटका अबसरमा फजुल खर्छ गरिरहेका हुन्छन्, ती हाम्रा शुभकार्य शुभ दिनहरु हामी आफ्नो परम्पराअनुसार मान्नुपर्छ मनाउनु पर्छ । ति हाम्रा कार्यक्रम कहिकतै संस्कृति परम्परासँग जोडिएको हुन्छ, कहिँ कति मिठा सम्झनासँग बाधिएका छ्न् । संस्कृति परम्परा या मनोरञ्जन होस या देखावटीको नाममा जोडिएका ती हाम्रा शुभकार्य तथा कार्यक्रमबाट हामीले गर्ने केही खर्च कटौती गरेर हाम्रै बिपन्न असक्त, दाजुभाइ दिदिबहिनीलाई थोरै सहयोग् गर्न सकेयौं भने पनि मात्र कैयौं भोका पेट भरिने छ्न, कैयौं नाङगा शरीर ढाकिने छ्न् । त्यसले धेरै नेपाली मनमा खुसियाली आउने छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘के तपाई हाम्रो मनोरञ्जनात्मक खर्चमा थोरै मात्र कटौती गर्दैमा कसैको पेट भरिन्छ त्यति नगर्ने त ? के तपाईं हाम्रो सानो साथ सहयोग र हैसलाले अरुको अनुहार मा खुसी मिल्छ भने के त्यत्ति पनि नगर्ने त ?’