नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीको अध्यक्षमा पूणर्स्वर कंडेल चयन, को–को भए निर्विरोध ?

लण्डन । नेपाली कम्युनिटी नर्दन आरयल्याण्ड यूकेको अध्यक्षमा पूर्णस्वर कंडेल चयन भएका छन् । कम्युनिटीको सेप्टेम्बर २६ तारिख मंगलबार तौघ्मोना सोसियल क्लवमा सम्पन्न सातौँ महाधिवेशनले कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा शान्ती कंडेल, सचिवमा मुक्ति कंडेल, सह – सचिवमा पार्वती भुसाल कंडेल ,कोषाध्यक्षमा लक्ष्मण निउरे र सह-कोषाध्यक्षमा प्रेम खत्री लगायत रहेका छन् ।

त्यस्तै सदस्यहरुमा भिमा कुमारी निउरे, जमुना कंडेल, राम प्रसाद निउरे, दिलिप आचार्य र रेजिना राइ नेपियर रहेका छन् । निर्वाचन समितिका संयोजक एवम् एनआरएनए यूकेका पूर्व उपाध्यक्ष डा. नारायण दत्त कंडेलले निर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए।

कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष लिलाराम निउरे, संस्थाका पूर्व अध्यक्षहरु नारायण कुंवर ,लक्ष्मण चिमरिया र बल बहादुर थापाले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष अब्जन आचार्यले आफनो कार्यकाललाई उपलब्धीमूलक बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरु प्रति धन्यवाद व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

निवर्तमान अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिष्णु क्षेत्रीले संस्थाको विषयमा बोलेका थिए भने कोषाध्यक्ष तुल्सीराम पौड्यालले आयव्यय सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । धनकुमारी निउरे (जूना) को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव तेज रेग्मीले गरेका थिए ।