लन्डन– लन्डनस्थित नेपाली दूतावासमा बेलायतको सबैभन्दा उच्चतम मिलिट्री अवार्ड भिक्टोरिया क्रस (भिसी) विजेता १३ जना भूपू गोर्खाको तस्बिर राखिने भएको छ । बेलायत नेपाल दौत्य सम्बन्धको दुई सय वर्ष गांठ समापन समारोहमा तस्विर अनावरण गर्न लागिएको हो ।
आइतबार साँझ दूतावासमा आयोजित कार्यक्रममा राजदूत डा। दुर्गाबहादुर सुवेदीले बहादुरी पदक भिक्टोरिया क्रस पाउने १३ जनाको तस्बिर स्थायी रुपमा दूतावास हलमा राखिने जानकारी दिए ।
०१७ को मार्च महिनासम्म गरिने सप्ताहव्यापी महोत्सव संयोजन गर्ने जिम्मा उपनियोग प्रमुख शरदराज आरणलाई दिइएको छ । समापन विशेष समारोहका क्रममा भिसी विजेताको तस्विर अनावरण, पेन्टिङ र फोटो प्रदर्शनी, फुड फेस्टिबल, कल्चरल फेस्टिबल, बेलायत नेपाल सम्बन्धबारे अन्तरक्रिया, पुस्तक विमोचन लगायत कार्यक्रम प्रस्ताव गरिएको आरणले जनाए । महोत्सवमा बेलायती राजदरबार र सरकारबाट उच्चस्तरिय प्रतिनिधित्व रहने दूतावासले जनाएको छ ।






