तक्दीर अधिकारी, सिड्नी । पोखरा समाज अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा तारा गुरुङ सर्वसम्मत चयन भएका छन् । आईतबार रक्डेल पार्कमा सम्पन्न समाजको तेश्रो अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा हिउपति गुरुङ, सन्तोष आचार्य र अर्जुन गुरुङ महासचिवमा प्रकाश सुवेदी, सचिवमा अनिल खड़का, कोषाध्यक्षमा ईश्वर पहारी र मिडिया सयोंजकमा तक्दीर अधिकारी सर्वसम्मत चयन भएका छन ।त्यस्तै सदस्यहरुमा प्रकाश लामिछाने, शेर जंग गुरूङ, सुवास गुरुङ, रविन पुन, सुदर्शन बराल, विजय आले, लिलेन सिग्देल, नरेन गुरुङ, अर्जुन न्यौपाने, जनदेश श्रेष्ठ, राजकुमार गुरुङ, नविन पौडेल र मोहन भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनमा न्यू साउथ वेल राज्य परिषद सयोंजक देव गुरुङ र सहसयोंजक सुकिर्ति भट्टको निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ समिति निर्वाचित गरेका थिए ।
न्यू साउथ वेल राज्य परिषद सयोंजक देव गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा समाजका निवर्तमान महासचिव समित केसीले कार्यक्रम सुरु गर्दै समाजले अघिल्लो कार्यकालमा गरेका विभिन्न गतिबिधिहरु प्रस्तुत गरेका थिए ।
उनले गृह जिल्ला स्थित पोखराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रहरी चौकीलाई गत वर्ष कोरोना महामारीको बेलामा विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरणहरु प्रदान गरेको, रक्तदान, विरामीहरुलाई आर्थिक सहयोग, फलफुल वितरण, प्राकृतिक प्रकोपबाट ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग, विद्यालयमा छात्रवृत्ति वितरण लगायतका कार्यक्रमहरु गरेको जानकारी गराए ।
सोही अवसरमा कोषाध्यक्ष ईश्वर पहारीले समाजको सन् २०१९ देखि २०२२ सम्मको आयव्यय प्रस्तुत गरेका थिए ।
अधिवेशनको अवसरमा बोल्दै समाजका निवर्तमान अध्यक्ष राजकुमार अधिकारीले अघिल्ला वर्षहरुमा विशेष परिस्थितिमा पनि समाजले उल्लेख्य सामाजिक कार्यहरु गर्न सफल भएको बताए । उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै नयाँ समितिलाई शुभकामना व्यक्त गरे । साथै अधिकारीले पुरानाको अनुभव र नयाँ सोँच विचारबाट नै संस्था मजबुत हुने भन्दै नवनिर्वाचित समितिलाई आवश्यक सहयोग गर्दै अगाडी बढ्ने बताए ।
न्यू साउथवेल राज्य परिषद सह-सयोंजक सुकिर्ति भट्टले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै एनआरएनएले समाजसगं सहकार्य गरेर अगाडी बढ्ने र आवश्यक सहयोग गर्ने बताईन् ।
नारी निकुञ्ज न्यू साउथ वेल राज्य परिषद सयोंजक डा. समिता गुरुङले पोखरा समाज आफ्नो गृह जिल्लाको संस्था भएकाले सामाजिक सेवामा समर्पित भएको देख्दा खुसी लागेको बताउँदै समाजसगं आफुपनि सगैं रहेको बताईन् । गुरुङले एनआरएनए न्यू साउथ वेल राज्यको नारी फोरमको जिम्मेवारी सम्हाल्दै गर्दा पोखराबाट आएका महिला दिदी बहिनीहरुलाई सहयोग गर्न र अगाडी लिएर जाने कुरामा आफु प्रतिबद्ध रहेको धारणा व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल राज्य परिषद सदस्य देव गुरुङले पोखरा समाज लामो समयदेखि स्थापना भएर विभिन्न अवस्थाहरु पार गर्दै गर्दा पनि निकै सक्रिय भएर सामाजिक कार्यमा लागेको भन्दै समाजका लागि आवश्यक जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।

पोखरा समाज अष्ट्रेलियाका मिडिया सयोंजक तक्दीर अधिकारीले अष्ट्रेलियामा रहेका नेपालीहरुको हकहीतको विषयमा कुरा उठिरहँदा समाजको पनि भुमिका सक्रिय रहनुपर्ने बताए ।पोखरा, कास्की घर भई अष्ट्रेलियामा रहदै आएका नेपालीहरूको संस्था पोखरा समाज अष्ट्रेलियाको तेश्रो अधिवेशनमा झण्डै ६० जना भन्दा बढी सहभागी भएका थिए ।










