गुल्मी जिल्ला समाज युकेद्धारा गृह जिल्लाको आशा अपागं केन्द्रलाई २ लाख सहयोग

लण्डन । गुल्मी जिल्ला समाज यूकेले गृह जिल्लाको आशा अपागं केन्द्रलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत डिसेम्बरमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट संकलित कोषबाट दुई लाख रुपैँया केन्द्रलाई प्रदान गरिएको समाजले जनाएको छ ।

गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवालीले केन्द्रलाई २ लाख १ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै ज्ञवालीले संस्थाले निरन्तर गुल्मेलीहरुलाई सहयोग गरिरहेको बताए । ‘संस्थाले गुल्मीमा शिक्षा र स्वास्थ्यसँग जोडिने क्रियाकलाप र विपद् आइलाग्दा निरन्तर सहयोग गरिरहेको छ । समाजले प्रत्येक वर्ष आशा अपांग केन्द्रलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।,उनले भने ।’

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बिदेश बस्ने नेपालीको भावना जन्मभूमिसँग जोडिएकोले गुल्मी जिल्ला समाज यूकेले निरन्तर सहयोग गरिरहेको बताए । गुल्मीका हरेक क्रियाकलापहरुमा गुल्मी जिल्ला समाज यूके प्रत्यक्ष रुपमा जोडिएर सहयोग गरेको हुदा सबै प्रवासीसँग आफू र सिङ्गो गुल्मी आभार रहेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले आशा अपांग केन्द्रले अपांगता भएका ब्याक्तिको क्षेत्रमा उल्लेखनीय काम गरेकोले केन्द्रलाई सहयोग गर्न आवश्यक रहेको बताए । गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोगको प्रशंसा गर्दै प्रवासमा रहने नेपालीलाई धन्यवाद दिए ।

कार्यक्रममा आशा अपांग केन्द्र गुल्मीकी उपाध्यक्ष गंगा रायमाझीले सहयोग गर्नेप्रति आभार ब्यक्त गर्दै स्वागत मन्तब्य राखेकी थिइन् । आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन केन्द्रका अमृत रसाइलीले गरेका थिए ।

आशा अपांग केन्द्र गुल्मीले अपांगता भएका व्याक्तिहरुको क्षेत्रमा काम गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, गुल्मी जिल्ला समाज यूकेका पुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार बिनोद ज्ञवाली, नेपाली सेना संग्राम सार्दुल गुल्म गुल्मीका सह-सेनानी दयाराम ढकाल, नागरिक समाज गुल्मीका गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डे, आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष गंगा रायमाझी र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष टोप पल्लीले संस्थामार्फत आर्थिक रकम जम्मा गरी सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवम् सहयोगदाता सबैलाई उनले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाज यूकेले गृह जिल्ला र देशका विभिन्न स्थानमा परोपकारी काममा निकै सक्रिय भएर लाग्ने गरेको छ । समाजले गृह जिल्लामा एम्बुलेन्स वितरण, तम्घासको आशा अपांग केन्द्रलाई वर्षेनी आर्थिक सहयोगदेखि देशका विभिन्न क्षेत्रमा हुने विपत्तिमा सहायता गर्दै आईरहेको छ ।