लन्डन । गैर आवासीय नेपाली संघको पर्यटन प्रबर्द्धन समितिको पहलमा पर्यटन प्रबर्द्धन सम्बन्धी एक भिडियो प्रतियोगिता यही जुन महिनाभित्र आयोजना गरिने भएको छ । एनआरएन सहकोषाध्यक्ष एवं समिति संयोजक सोम सापकोटाका अनुसार विजेताहरुको घोषणा भने आगामी २९ र ३० जुलाइका दिन लग्जेम्वर्गमा आयोजना हुने ११औ युरोप क्षेत्रीय बैठकमा गरिनेछ । जसको तयारी भइरहेको र पर्यटन क्षेत्रसँग सम्बन्धीत ब्यक्तीसँग छलफल भइरहेको संयोजक सापकोटाले जानकारी दिए ।
एनआरएनको पर्यटन प्रबर्द्धन समितिले पर्यटन प्रबर्द्धन सम्बन्धी भिडियो प्रतियोगिता आयोजना गर्दै






